Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बिरामीको नाम चोरी गरेर एम्बुलेसले मान्छे ओसार्दै

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर  बुढा | चैत २०, मुगु | बिरामीको नामचोरी गरी एक एम्बुलेन्सले मान्छे ओसारपसार गरेको पाईएको छ । सुर्खेतमा रहेको नेपाल अर्वोद निवारण संस्थाको एम्बुलेन्सले सुर्खेतदेखी मुगुसम्म विरामीको नाममा खचाखच मान्छे राखेर ओसार-पसार गर्ने गरेको हो ।

भे १ च ६७६ नम्बरको उक्त एम्बुलेन्सले दुईजना बिरामीको नाम चोरी गरेर मुगुका १२ जना मान्छे सुर्खेतबाट मुगु ल्याएको छ । दुईजना विरामी सन्चो भई आएको र विरामीको कार्ड सुरक्षा चेकजाँचमा देखाउने, त्यसलाईनै पास जस्तो गरेर अन्य यात्रु हालेर ल्याएको उक्त एम्वुलेन्सले मुगुका लागि मंगलवार सुर्खेतवाट छुटेको थियो ।

मान्छे बिरामी भएको खण्डमा सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने ठाउँमा दुर्गम जिल्लामा ल्याउनु भनेको सन्चो भएका बिरामीनै हुन् । तर सन्चो भएका बिरामीको नाममा कागजपत्र बनाई एम्बुलेन्सले मान्छे ओसार्नु गैह्रजिम्मेवार र लगडाउनको चरम उल्लघन भएको देखिन्छ ।

मुगुका माननीयको सम्पर्कबाट  मुगमा बिरामी पठाउनु छ, भन्ने खबरका साथ एम्बुलेन्स भाडाँका लागी पठाएको हुँ बिचमा मान्छे हालेको थाहा नभएको नेपाल अर्र्वोद्ध निवारण संस्था सुर्खेतका कर्मचारी दिपक रावतले बताए ।

उनका अनुसार दुई जना बिरामी र दुईजना कुरुवाको लागी ३८ हजार भाडामा एम्बुलेन्स पठाईएको भएतापनी त्यती धेरै मान्छे हालेको आफुलाई थाहा नभएको रावतले बताए ।

यता जिल्ला प्रशसान कार्यलय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले भने 'एम्बुलेन्सले बिरामी बोक्ने काम भएको तर मान्छे ओसार्ने हैन । एम्बुलेन्सले मान्छे बोकेको भएपनि बिच बिचका चेकपोष्टले निगरानी राख्नुपर्ने हो, राखेनछन् । अब त्यसका बारेमा जाँच-बुझ गर्छौं ।' एम्बुलेन्समा दुई बिरामी सहित १२ जना आएका थिए ।

स्थानीय प्रशासन निरिह

बिश्वभरी कोराना भाईरस (कोभिड १९) का संक्रमण बढ्दै गईरहेको र त्यसको प्रभाव नेपालमा नफैलियोस भनेर नेपाल सरकारले लगडाउनको घोषण गरी आवतजावतमा रोक लगाएको भएपनि लगडाउनको कर्णालीका जिल्लामा चरम उल्लघंन भएको छ ।

अरु प्रदेशका तुलानामा कर्णाली प्रदेशका जिल्लाहरुमा नेपाल सरकाले गरेको लकडाउनको चरम उल्लघन भएको देखिन्छ । यसअघि पनि मुगु आउने र हुम्ला जाने बिद्यार्थी, सर्वसाधारणका लाागी भन्दै सुर्खेत नेपालगञ्जबाट गाडि रिर्जभ गरी मान्छे मुगुसम्म रातारात ओसार्ने गरेर लगडाउनको चरम उल्लघन गरिएको थियो ।

मुगु सहित कर्णाली प्रदेशका जिल्लामा लकडाउनको चरम उल्लघन भएको भएपनि स्थानीय प्रशासन ठुला बडाको मिलोमत्तोमा रहि निरिह बनेको देखिन्छ ।

बजारमा लकडाउनको  पालाना गरी आवतजावतमा रोक लगाईएको भएपनि गाउँघरमा त्यसको प्रभाव परेको छैन । नागरिक खुलेआम हिडडुल गरेका छन् । भिडभाडमा जाने, जुवातास खेल्ने गरेका छन् भने किसानहरु बर्षे वाली, धान, कोदो छर्नमा ब्यस्त छन् ।