2026-09-18 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश नं १ समाचारः ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

चैत २१, विराटनगर | प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एकएक, तेर्हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुईदुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन शङ्कास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको  जानकारी दिनुभयो । 

आइसोलेशन वार्डमा बिहीबारसम्म ११ जना भर्ना भएका छन् जसमा पाँच  महिला  छन् । यसैबीच प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीबार व्यक्तिगत सुरक्षा सामाग्री ६७६ थान वितरण गरिएको छ ।

अलपत्र २५० मजदूरको उद्धार

भोजपुर– कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदूरको उद्धार गरिएको छ । लकडाउनका कारण अलपत्र  २५० जनालाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आआफ्ना घर पठाएको हो । त्यस्तै मजदूरलाई पुर्याएर फर्केको बसमा भोजपुर घर भई काठमाडौँ, इटहरी, धरानलगायत ठाउँमा बस्दै आएका ६१ जनाको स्वास्थ्य परीक्षण गरेर अवस्था सामान्य पाइएपछि छाडिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । 

जिल्लामा करीब तीन महिनालाई पुग्ने खाद्यान्न भण्डारमा रहेको प्रजिअ पुरीले जानकारी दिनुभयो । ‘‘ भोजपुरमा कोरोनाको कारण आत्तिनुपर्ने अवस्था छैन, बाहिर नपठाउने हो भने तीन महिनालाई पुग्ने खाद्यान्न स्टक छ, अन्य तेल, नुनसँंगै पेट्रोलियम पदार्थको पनि  जिल्लामा अभाव छैन’’, उहाँले भन्नुभयो । 

भोकालाई नगर उपप्रमुखद्वारा खाद्यान्न प्रदाान

खोटाङ–हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राईले लकडाउनका मारमा परेका विपन्न परिवारलाई खाद्यान्न प्रदान गर्नुभएको छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गरिरहेका  नगरपालिका–७ महादेवस्थानस्थित माल्खुका २५ घरपरिवारलाई उपप्रमुख राईले व्यक्तिगत खर्चमा खाद्यान्न खरीद गरेर प्रदान गर्नुभएको हो । 

सहकारी संस्थाबाट हर्जना छुट  घोषणा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले लकडाउनको अवधिको हर्जना छुट गर्ने भएका छन् । जिल्ला सहकारी सङ्घ र नगरपालिकाभित्रका सहकारीको बिहीबार बसेको संयुक्त बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण सहकारी संस्था बन्द रहेको अवधिको हर्जना छुट गर्ने निर्णय गरेको हो । 

हर्जना छुट पाउनका लागि ऋणीले लकडाउन खुलेको १५ दिनभित्र किस्ता बुझाउनुपर्ने निर्णय भएको सक्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । 

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म आठ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माण गरे पनि होम क्वारेन्टाइन नै उपयुक्त रहेको भन्दै विदेशबाट आएकालाई घरैमा बस्न छुट दिइएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई