२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यसकारण बढ्दैछ सुदूरपश्‍चिममा कोरोना त्रास

२०७६, २३ चैत्र आईतवार ०३:४८

चैत २३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप हालसम्म ४ जना संक्रमित भएका छन् । शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्‍चिम झनै त्रासमा छ । 

सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । त्यसो त नेपाल कोरोना संक्रमणको दोश्रो चरणमा पार गरेको छ । यसको मतलब विदेशबाट आएकामा मात्र नभई स्थानीयमै पनि कोरोना संक्रमण देखिएको छ । 

नेपालमै कुल संक्रमण ९ पुगेको अवस्थामा सुदुरपश्चिममै संक्रमितको शंख्या ४ पुगेपछि र स्थानीयमा समेत कोरोना संक्रमित फेला परेपछि सुदूरपश्चिममा त्रास बढेको छ । 

सुदुरपश्चिमका अधिकांश जिल्ला भारतसँग जोडिएका जिल्ला हुन् । ठूलो शंख्यामा आफ्नो रोजीरोटीका लागि सुदुरपश्चिमका युवाहरु वैदेशिक रोजगारीको क्रममा जान्छन् । जसमा ठूलो शंख्या भारत जानेको छ । उनीहरु मध्ये धेरै जना लकडाउनको केहि दिन अघि वा लकडाउनकै चरणमा बिभिन्न बाटो गरि नेपाल भित्रिएको बताइएको छ । जसको कारण पनि सुदुरपस्चिममा कोरोना संक्रमणको त्रास बढेको छ । 

फागुन तेस्रो सातायता कैलालीको गौरीफन्टा नाकाबाट मात्रै १ लाख २४ हजार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट ७५ हजारभन्दा बढी व्यक्ति नेपाल फर्केका थिए । यसरी नेपाल छिरेका मध्ये अधिकांश सुदूरपश्चिमकानै छन् ।

सनिबार भेटिएको संक्रमित स्थानीय महिलामा कुनै लक्षण नदेखिदा पनि कोरोना पोजेटिभ भेटिएपछि अझै त्रास थपिएको छ । कैलाली घर भएका एक कोरोना संक्रमित २१ वर्षीय युवा भारतको मुम्बईबाट १२ गते धनगढीको गौरीफन्टा नाका हुँदै घर पुगेका थिए । तर घर पुगे लगत्तै उनलाई छिमेकीहरूको बलमा क्वारेन्टाइनमा पुर्‍याइएको थियो । गौरीफन्टा नाकामा उनी दिनभर अन्य एक हजार जनासँगै रोकिएको बिषयमा संचार माध्यमहरुमा समाचार छाएपछि त्यसले सिंगो सुदुरपश्चिमलाईनै त्रसित बनाइदिएको छ ।

त्यस्तै अर्का एक व्यक्ति भारतबाटै महाकाली नदिमा ट्युवको सहायताले तर्दै नेपाल प्रवेस गरेका थिए । उनिसंगै अरु ११ जना पनि नेपाल प्रवेश गरेका थिए । ससस्त्र प्रहरीले उनिहरुलाइ गड्डाचौकीस्थित हेल्थ डेस्कमा जाँच गरेर सार्वजनिक गाडीमा राखेर वेदकोट नगरपालिका–१० सुन्दरपुरको कृषि पाइलट फर्ममा बनाइएको क्वारेन्टाइनमा पुर्याईएको थियो । उनीहरुलाई पक्राउ गर्ने सुरक्षाकर्मीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । पक्राउ गरेको चैत १४ गते हो भने संक्रमित पुष्टि भएको चैत २२ गते हो । यसले पक्राउ गर्नेहरुलाई समेत कोरोनाको त्रास छ । पक्राउ परेर यतिका दिनसम्म संक्रमितसंगै क्वारेन्टाइनमा बसेकाहरुलाई समेत त्रास छ । तर संक्रमित व्यक्तिलाई प्रहरीले पक्राउ गरेर त्यसैदिन क्वारेन्टाईनमा पठाएकाले ठूलो खतरा टरेको बताइएको छ ।  

त्यसो त भारतबाट छिरेकाहरुलाई नाकामा होम क्वारेन्टाइनको सर्तमा छाडिएको छ तर त्यसरी गएकाहरु गाउँमा खुलम-खूला हिडेको पाइएको गुनाशाहरु पनि आईरहेका छन् । लकडाउन लगत्तै स्थानीय तहहरुले त्यस्ता व्यक्तिको निगरानी नगरेको कारण पनि थप संक्रमणको त्रास छ । अझै पनि लकडाउन कडा नबनाउने र स्थानीय तहहरुले उच्च सतर्कता नअपनाआउने हो भने सुदुरपश्चिममा कोरोना महामारीले उग्र रुप लिनसक्ने औंल्याईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस