२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमित अर्का युवा निको भई घर फर्किए

२०७७, ७ बैशाख आईतवार १२:११

वैशाख ७, काठमाडौं | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित मध्ये चौथो नेपाली निको भई घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म चारजना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या चार पुगेको हो । 

यसअघि चीनबाट नेपाल आएका एक संक्रमित निको भईसकेका छन् । शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवतीले पनि कोरोना जित्न सफल भई घर गईसकेकी छन् । त्यस्तै  बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचाररत ६५ बर्षीय महिला पनि डिस्चार्ज भईसकेकी छन् । आज धनगडीमा समेत गरि नेपालमा कोरोना मुक्त हुनेको शंख्या चार पुगेको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म देशभर पीसीआर विधिबाट ८ हजार ८१ जना र आरडीटी विधिबाट २१ हजार चार सय ८६ जना गरेर कुल २९ हजार ५ सय ९७ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये ३१ जनामा कोरोना पोजिटिभ देखिएको छ ।  पछिल्लो २४ घण्टामा २१ सय ९८ नमुना परीक्षण हुँदा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सरकारले ७७ जिल्लामै आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने देशभरका १५ प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ । मन्त्रालयका अनुसार पछिल्ला दिनमा क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ । अहिले पाँच हजार १ सय ८० जना क्वारेन्टाइनमा छन् ।  उपत्यका ५ र उपत्यका बाहिर ९८ गरेर  १०३ जना आइसोलेसनमा उपचार गराइरहेका छन् । 

माथिको तश्वीरमा: धनगडीबाट आइतबार डिस्चार्ज भएका युवा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू