२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमित अर्का युवा निको भई घर फर्किए

७ बैशाख २०७७, आईतवार १२:११

वैशाख ७, काठमाडौं | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित मध्ये चौथो नेपाली निको भई घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म चारजना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या चार पुगेको हो । 

यसअघि चीनबाट नेपाल आएका एक संक्रमित निको भईसकेका छन् । शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवतीले पनि कोरोना जित्न सफल भई घर गईसकेकी छन् । त्यस्तै  बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचाररत ६५ बर्षीय महिला पनि डिस्चार्ज भईसकेकी छन् । आज धनगडीमा समेत गरि नेपालमा कोरोना मुक्त हुनेको शंख्या चार पुगेको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म देशभर पीसीआर विधिबाट ८ हजार ८१ जना र आरडीटी विधिबाट २१ हजार चार सय ८६ जना गरेर कुल २९ हजार ५ सय ९७ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये ३१ जनामा कोरोना पोजिटिभ देखिएको छ ।  पछिल्लो २४ घण्टामा २१ सय ९८ नमुना परीक्षण हुँदा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सरकारले ७७ जिल्लामै आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने देशभरका १५ प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ । मन्त्रालयका अनुसार पछिल्ला दिनमा क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ । अहिले पाँच हजार १ सय ८० जना क्वारेन्टाइनमा छन् ।  उपत्यका ५ र उपत्यका बाहिर ९८ गरेर  १०३ जना आइसोलेसनमा उपचार गराइरहेका छन् । 

माथिको तश्वीरमा: धनगडीबाट आइतबार डिस्चार्ज भएका युवा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य