2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा २२ जना कोरोना संक्रमित, जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

वैशाख ९, काठमाडौँ | आज उदयपुरको भुल्केमा थप ८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमित भटिएपछि प्रदेश सरकारले आजैदेखि पुरै जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । उदयपुरको भुल्केमा मात्र कोरोना संक्रमितको शंख्या २२ पुगेको छ ।  

आज कोसी अञ्चल अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा उदयपुरका थप ८ जनामा कोरोना संक्रमित फेला पारिएको हो । कोसी अस्‍पतालमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परीक्षण गरिएको थियो । 

मस्जिदमा बसेका १२ जनामा कोरोना संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका अन्य ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमुना शनिबार संकलन गरिएको थियो । जसमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ८ जनाको रिपोर्टमा कोरोना भेटिएको हो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । 

जिल्लामा कोरोनाको संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी बनाउने तथा जिल्ला पूर्ण रुपमा सिल सिल गर्ने निर्णय भएको हो । निर्णयसंगै उदयपुरबाट अन्य जिल्ला छिर्ने नाकाहरुमा समेत कडाई हुनेछ । 

जिल्ला सिल गरेर लकडाउन कडा गरिने र संक्रमित भेटिएको भुल्केका सबै नागरिकको स्वाब परीक्षण गरिने बताइएको छ । भुल्केका वासिन्दाको कन्ट्रयाक ट्रेसिङ गरि उनीहरुलाई पनि परीक्षण गरिने नीति लिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई