२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनकामनाका पुजारीलाई बन्दुक लिएर शिकार खेल्दै हिँडेको आरोप लागेपछि…

२०७७, १५ बैशाख सोमबार ०५:३५

वैशाख १६, गोरखा । मनकामना मन्दिरका मुल पुजारी इन्सान थापा मगरको तीन बन्दुकको इजाजत मध्ये दुई वटाको इजाजत खारेज भएको छ ।

सुरक्षाको लागी भनि लिएको बन्दुकले शिकार खेल्दै हिँडेको गुनासो आएपछि उनले इजाजत लिएका बन्दुकहरुको इजाजतनै खारेज गर्नुपरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । इजाजत खारेज भएका उक्त हतियार अब सरकारको नाममा जाने भएको छ ।

थापाले इजाजत लिएका एकनाले भरुवा र १२ बोरको बन्दुकको इजाजत खारेज गरिएको हो । थापाले आवश्यकता नरहेको भन्दै निवेदन दिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार इजाजत खारेज भएका दुई बन्दुक जिल्ला प्रहरी कार्यालयमा छ ।

सुरक्षाका लागि लिएको हतियार प्रयोग गर्दै पुजारीले शिकार खेल्ने गरेको गुनासो चौतर्फी बढेपछि प्रशासन दबावमा थियो ।

वैशाख ५ गते शुक्रबार राति नौ बजे हतियार सहित पुजारी मगरलाई शहिद लखन गाउँपालिका–४ को ढोडेनी जंगलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । रातको समयमा उनी शिकार खेल्न हिँडेको स्थानीयको दाबी छ ।

पुजारीको साथमा भएको २२ बोरको राइफल प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त हतियार हालसम्म प्रहरीकै नियन्त्रणमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण