२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरको भेलुखेल सिल गर्दैगर्दा…

२०७७, ७ जेष्ठ बुधबार ०९:०३

जेठ ७, भक्तपुर | भक्तपुर नगरपालिका–६ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान हतियारसहित नेपाली सेना र प्रहरी टोली पुग्दा स्थानीयवासी नियमित काममा व्यस्त थिए । प्रहरी देखेपछि किन आए प्रहरी भन्नेबारेमा खैलाबैला भयो । आफ्नै छिमेकीको घरमा एक कोरोना सङ्क्रमित भएर बस्ती सिल गर्ने तयारीका लागि प्रहरी आएको पौने ८ बजेमात्रै थाहा पाए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानको नेतृत्वको टोली ७ : ३० बजे भेलुखेल पुग्दा बस्तीमा कुनै त्रास थिएन, मान्छे ओहोरदोहोर गरिरहेका थिए, बालबालिका खुला ठाउँमा निर्वाध खेलिरहेका थिए । बस्तीमा बिहानको चहलपहल बाक्लो थियो । जब बिहान ८ बजे प्रहरीले बस्ती सिल गर्ने तयारी गर्दै स्थानीयवासीलाई घर बाहिर ननिस्कन आग्रह गरे तब बल्ल स्थानीयवासीमा एकाएक त्रास फैलियो । स्थानीयको त्रास देखेर प्रहरीले मनोपरामर्श दिन थाले । 

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भक्तपुरका एक पुरुषमा कोरोना सङ्क्रमितको पुष्टि गरेपछि मंगलबार नै भक्तपुरमा हल्लीखल्ली भयो । भक्तपुरका चारैतीरबाट कहाँको मान्छे होला भन्ने खोजी र त्रास एकैपटक फैलियो । स्थानीय बासिन्दा हो कि, बाहिरबाट आएको मान्छे हो कि, आफ्नै गाउँमा पो पर्यो कि भन्ने त्रास चारवटै नगरपालिका बासिन्दामा रह्यो ।

साँझ पछि भक्तपुर नगरपालिकाभित्रको भन्ने जानकारी आएपछि आरडिटी र पिसीआर परीक्षण गराएका टोलटोलका जनप्रतिनिधिदेखि स्थानीय बासिन्दामा त्रास फैलियो । को हो त सङ्क्रमित भन्ने पहिचान नहुँदा त्रासका बीच बित्यो सिङ्गो रात । त्यो अवधिमा भक्तपुर प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीदेखि पत्रकारसम्मलाई भक्तपुर कहाँको मान्छे सङ्क्रमित भनेर तारन्तार फोन आउँथ्यो । तर, सबैको एउटै जवाफ आउँथ्यो अझै पत्ता लागेको छैन । 


सुरक्षा निकायले सङ्क्रमितका बारेमा राति मात्रै पत्ता लगायो । मन्त्रालयले गरेको पत्रकार सम्मेलनपछि भक्तपुरका सुरक्षा निकायले समेत सङ्क्रमितको पहिचान र ठेगाना पत्ता लगाउन नसक्दा सुरक्षाकर्मीसमेत राति अबेरसम्म रणभुल्लमा परेका थिए । जब मध्यराति १:३० बजे भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई आइसोलेटेड एम्बुलेन्समा राखेर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा लगियो तब मात्रै सुरक्षा निकाय ढुक्क भयो । 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विगतका दुई सङ्क्रमितको छिटो पहिचान हुँदा बस्ती सिल गर्न र ट्रेसिङ गर्न सहज भए पनि मंगलबार भने राति अबेरसम्म पहिचान गर्न गाह्रो भएको बताउनुभयो । काठमाडौँ महानगरपालिकामा फोहर बोक्ने सवारी चालकको काम गर्दै आएका उहाँको महानगरपालिकाले यही जेठ २ गते गरेको स्वाब सङ्कलनको पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट रहेको मन्त्रालयको पत्रकार सम्मेलनमा सार्वजनिक भयो । सङ्क्रमित व्यक्ति को हो भन्ने जानकारी मध्यराति मात्रै पाउँदा बस्तीमा धेरै जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित बनेका छन् । 

यो खबरले भक्तपुर नगरपालिका क्षेत्र निकै तरङ्गित बन्यो । भक्तपुरमा सफाइ मजदुर भेलुखेलबाटै जाने भएकाले भक्तपुर नगरपालिकामा पनि सङ्क्रमण फैलिन सक्ने त्रास नगरपालिकामा रहेको छ । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलुखेल पुगेर बस्ती सिल गरेको छ । बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन । स्थानीय बाबुरत्न द्यौलाले आफ्नो बस्तीमा बिहान ८ बजे एकैपटक हतियार बोकेका सेना र प्रहरी आएर तैनाथ हुँदै घर बाहिर ननिस्कन भनेपछि छक्क परेको बताउनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयले पठाएको नाम र बस्तीबाट सङ्क्रमित व्यक्ति भनेर लगिएको व्यक्तिको नाम फरक परेको स्थानीयवासीको दाबी छ । सुरक्षा निकायका अनुसार सङ्क्रमित भनिएका व्यक्तिको नामको बीचको शब्द फरक परेर नाम आउँदा राति अबेरसम्म सङ्क्रमित पहिचान गर्न गाह्रो भएको हो । प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । 


लकडाउनले नछोएको यो बस्तीमा दिनभर मानिस हिँड्ने, बजार खोल्न कुनै रोकतोक कसैले गरेको थिएन । फलस्वरुप सङ्क्रमित भनिएका व्यक्ति आफ्नो समाज र बस्तीमा सहजरूपमा हुलमिल भएको पाइएकाले अरुको ट्रसिङ र परीक्षण गर्न कठिनाइ भएको सुरक्षाकर्मीको भनाइ छ । बलम्बुको आइसोलेसनमा रहेका सङ्क्रमित भनिएको व्यक्तिले आफूले राति १० बजे यसबारे  थाहा पाए पनि राति १:३० बजे मात्रै एम्बुलेन्स लिन आएको जानकारी दिनुभयो । यसअघि चाँगुनारायण दुवाकोट बस्ने एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र सुनसरीबाट मध्यपुरथिमि शङ्खधर चोकमा साथीको कोठामा बसेकी २५ वर्षीया महिलामा सङ्क्रमणको पुष्टि भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु