२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो

२०७७, १५ जेष्ठ बिहीबार ०४:०२

जेठ १५, काठमाडौँ | प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ । थपिएका नयाँ सङ्क्रमितमा रौतहटका ३५, बारामा एक महिलासहित आठ, सप्तरीमा एक महिलासहित ११ र सिरहाका दुई जना छन् ।

मुलुकभरिमा कोरोना सङ्क्रमणबाट १५५ निको भएको छ । सोमध्ये सबैभन्दा बढी प्रदेश नं २ बाट ९३ जना निको भएको जानकारी गराउँदै सचिव डा घिमिरेले डिस्चार्ज भएका मध्येबाट शिशुका साथै उच्च रक्तचाप, मधुमेहको बिरामी पनि सो सङ्क्रमणबाट निको भएर घर फर्केका हुन् । 

यस प्रदेशअन्तर्गत सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा एक महिलासहित १५, सिरहाको महेन्द्र गेनाइ अस्पतालको आइसोलेसनमा छ, महोत्तरीको जलेश्वर अस्पतालमा तीन, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २६ र सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेसनमा १३ जनाको उपचार भइरहेको छ ।

त्यस्तै रौतहटको गौरस्थित गौरी नर्सिङ क्याम्पसको आइसोलेसनमा तीन महिलासहित २८, रौतहटको राजपुर फरहदवा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा २५, रौतहटको देवाही गौनाही–१४ स्थित धरहरीको पोलिटेक्निक क्याम्पसको आइसोलेसनमा १४, बाराको कलैया अस्पतालमा एक महिलासहित ३९ र पर्साको गण्डक अस्पतालमा दुई महिलासहित नौ जनाको उपचार भइरहेको छ । 

बुधबार ७४३ जनाको स्वाब सङ्कलन

प्रदेश नं २ मा बुधबार ७४३ जनाको स्वाब सङ्कलन गरिएको छ । यस प्रदेशमा अहिलेसम्म १० हजार ५८९ को स्वाब सङ्कलन गरिएकामा सात हजार ९१५ को रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार ३५० को रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ छ । अहिलेसम्म छ हजार २८७ को आरडिटी गर्दा २० जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमित बढ्दै गइरहेको कारण क्वारेन्टिन र आइसोलेसन श्ययामा पनि व्यापकरूपमा वृद्धि गरिएको छ । प्रदेशमा ३०१ क्वारेन्टिनमा १६ हजार ९१४ श्ययाको व्यवस्था गरिएको छ । यतिखेर क्वारेन्टिनमा १३ हजार ४०२, होम क्वारेन्टिनमा चार हजार ९०३ र आइसोलेसनमा २०३ जना बसेका छन् । यस प्रदेशमा ६४५ आइसोलेसन श्यया रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्