२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा थप २२१ सङ्क्रमित, कुन जिल्लामा कति संक्रमित ?

१३ असार २०७७, शनिबार ०२:५६

असार १३, कैलाली | सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको जाँचमा ३५जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । 

कैलालीमा ३७, कञ्चनपुरमा ४४, डोटीमा ७१, डडेलधुरामा एक, दार्चुलामा तीन, बझाङमा नौ, बजुरामा २७, बैतडीमा २५ र अछाममा दुई जना थप सङ्क्रमित फेला परेको पुष्टि भएको हो । प्रदेशमा शुक्रबारसम्म सबैभन्दा बढी कैलाली जिल्लामा ५५३ जना सङ्क्रमित पुगेका छन् । 

कञ्चनपुरमा ३०४, अछाम १०८, बैतडी २०२ बझाङ ६५, बाजुरा १२८ डडेलधुरा २१९, दार्चुला १६ र डोटी जिल्लामा २६२ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा पिसिआर र आरडिटी पद्धतिबाट बिहीबारसम्म कूल एक लाख १९ हजार ७६१ जनाको जाँच गरिएकोमा प्रभावकारी मानिएको पिसिआर पद्धतिबाट मात्रै १५ हजार ३१९ जनाको जाँच गरिएको छ ।   

प्रदेशको एकमात्र प्रयोगशाला सेती प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री, जनशक्तिको अभाव र कम क्षमता भएको मेशिनका कारण धेरै शङ्कास्पद व्यक्तिको स्वाबको नमूना जाँच गर्न नसकी थन्किएका छन् । पछिल्लो पटक प्रदेशमा सङ्कलन भएको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ ।

सङ्क्रमितमध्ये बिहीबार मात्र विभिन्न जिल्लाका गरी ६८ जना घर फर्किनुभएका छन् । सङ्क्रमितको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेसन उपचार भइरहेको छ । अस्पतालको आइसोलेसनमा रहेका १२३ जना रहेकोमा धेरै सङ्क्रमित स्थानीय तहको आइसोलेसनमा छन् । यसबाहेक कोरोनाका शङ्कास्पद थप १८ जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ । प्रदेशमा हालसम्म ५२८ जना सामान्य उपचार पछि घर फर्किएको जनाइएको छ । 

प्रयोगशाला स्थापनामा ढिलाइ 

स्वाबको नमूना जाँच गर्न प्रदेशको डोटी र बैतडी जिल्लामा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको भए पनि उक्त निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । 

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रासससँग कुरा गर्दै आगामी दश दिनमा स्वाचालित पिसिआर मेशिनसहित प्रयोगशाला सञ्चालन आउन लागेको जानकारी दिनुभयो । “मेशिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको छ”, मन्त्री सुवेदीले भन्नुभयो, “सञ्चालनमा आउने प्रयोगशालाको एटोमेटिक पिसिआर मेशिनद्वारा स्वाबको नमूना जाँचको दायर बढ्ने छ ।” पछिल्लो पटक प्रदेश सरकारले स्थानीय तहलाई आइसोलेसनको व्यवस्थापन गर्न बजेटसमेत उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी