2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलह किन्न पाँच लाख बजेट विनियोजन, समातेर ल्याउनेलाई प्रतिकेजी १०० दिने

असार २७, बनियानी । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । 

“सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, उहाँले भन्नुभयो, “नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी रु १०० दिने योजना ल्याएका छौँ ।” खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी रु ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।

यसैबीच, झापा क्षेत्र नं २ की सांसद एवं अन्तर्राष्ट्रि«य सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ ।

विश्व महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को न्यूनीकरणका लागि उहाँले स्यानेटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चस्मा, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।

कोरोना भाइरससँग नगर पौँठेजोरी खेलिरहेका बेला स्वास्थ्य सामग्री उपलब्ध गराएर हौसला प्रदान गर्नुभएकोमा नगरप्रमुख रानाले धन्यवाद व्यक्त गर्नुभयो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई