२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाहालद्वारा सौराहालगायत डुबान क्षेत्रको अवलोकन

२०७७, २८ असार आईतवार १२:५०

असार २८, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आज अवलोकन गर्नुभएको छ । कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै दाहालले सौराहाको डुबान क्षेत्रको अवलोकन गर्नुभएको हो । 

कालिका नगरपालिकाको डुबान भएको वडा नं २, ३, ६ र ७ का विभिन्न क्षेत्रको दाहालले अवलोकन गर्नुभयो । कालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ती क्षेत्रमा पुङखोलाको बाढीले डुबान गराएको हो । खोलाको पानीलाई डाइभर्सन गरी थाङखोलामा मिसाउन सकिने भन्दै दाहाललाई थाङखोलाको निरीक्षण गराइएको थियो । 

दाहालले राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाको राप्ती नदी किनारमा लगाइएको ड्याकको स्थलगत निरीक्षण गर्नुभएको छ । ती नगरपालिकाका प्रमुखले दाहाललाई त्यहाँको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । राप्ती नगरप्रमुख प्रमुख प्रभा बराल र खैरहनीका प्रमुख लालमणि चौधरीले बाढी रोक्नका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन उपायका बारेमा दाहाललाई जानकारी गराउनुभएको थियो । 

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बाढीका कारण राप्ती नदी पारी स्थानीयको लालपूर्जा भएको जग्गा पुगेको भए पनि उनीहरुले केही पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले निजी हात्ती चरनको समस्या भएको दाहाललाई जानकारी गराउनुभएको थियो । दाहालले ती समस्याका बारेमा राजधानी फर्किएपछि समाधानका लागि पहल गर्ने बताउनुभयो ।  

पर्यटकीय क्षेत्र सौराहाको चित्रसारी क्षेत्रमा रहेका अधिकांश होटल तथा रेस्टुराँ डुबानमा परेका छन् । खगेरी खोलामा आएको बाढीले रत्ननगरका वडा नं ७ र ८ मा रहेका होटल तथा रेस्टुराँ डुबानमा परेका हुन् । दाहालले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकामा बाढीबाट प्रभावित भएका क्षेत्रको निरीक्षण गर्नुभएको थियो । दाहाल क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण