२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिममा नमूना परिक्षणको लागि प्रयोगशाला स्थापनामा ढिलाइ

२०७७, ३० असार मंगलवार ०७:३८

असार ३०, धनगढी । कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ ।  प्रदेश सरकारले गएको चैत महिनामा कोभिड–१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी र डोटी जिल्लामा एक÷एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । प्रयोगाशाला स्थापना नहुँदा कोभिड–१९ का शङ्कास्पद नमूना जाँचका लागि अन्य जिल्लामा पठाउनुपर्ने अवस्था छ । 

सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको प्रयोगशालामा दैनिक न्यून सङ्ख्याका नमूना जाँच हुने गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित अस्पतालमा मेशिन राख्न चाहिने पूर्वाधार निर्माणको काममा समय लागेकाले प्रयोगशाला स्थापनामा ढिलाइ भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शुरुको अवस्थामा मेशिनलगायतका सामग्रीको व्यवस्थापनका लागि आह्वान गरिएकोमा कसैले पनि टेण्डर नहालेकाले पनि समयमै प्रयोगशाला स्थापना गर्न ढिलाइ भएको हो ।” सरकारको पछिल्लो निर्णय अनुसार दैनिक एक हजार वटा नमूना जाँच गर्ने क्षमताको प्रयोगशाला स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ । 

यसका लागि तीन वटा मेसिन खरिद भइ धनगढी पुगिसकेकोमा सम्बन्धित अस्पतालमा मेसिन राख्न चाहिने भौतिक पूर्वाधार जुटाउने काम भइरहेको बताइएको छ । 

क्वारेन्टिनमा बसेका सबैको नमूना जाँच हुँदैः

विदेशबाट फर्केर प्रदेशका क्वारेन्टिनमा बसिरहेका नागरिकको कोरोनाको परीक्षण गर्न लागिएको छ । कम्तीमा पाँच दिन क्वारेन्टिनको बसाई पूरा गरेका सबै नागरिकको पिसिआर पद्धतिबाट नमूना जाँच गर्न पहल भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि स्वाबको नमूना सङ्कलन गरी प्रयोगशालमा पठाउन प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको छ ।” यसैबीच कोभिड–१९ को रोकथाम उपचार व्यवस्थापनको क्रममा प्रदेशमा समुदाय तहमा समेत नमूना सङ्कलन र परीक्षण गर्ने तयारी थालिएको छ । आगामी १५ दिनभित्र यो काम शुरु गर्न लागिएको डा अवस्थीले जानकारी दिनुभयो । 

सोमबारसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा बनाइएका क्वारेन्टिनमा छ हजार १९१ जना बसिरहेका छन् । हालसम्म पिसिआर पद्धतिबाट जम्मा २६ हजार ७६२ को नमूना जाँच भइसकेको छ । यस्तै आरडिटी पद्धतिबाट एक लाख १८ हजार २९२ नमूना जाँच भइसकेको छ । पछिल्ला दिनमा प्रदेशमा नमूना सङ्कलन कार्य सुस्त भइरहँदा सङ्क्रमणको दर पनि घट्दै गएको देखिएको छ ।

सोमबार थप १५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७८३ पुगेका छन् ।  यसबाहेक सुर्खेतस्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सुदूरपश्चिम प्रदेशका दश जनामा कोरोना पोजेटिभ देखिएको थियो । प्रदेशको राजधानी जिल्ला कैलालीमा सबैभन्दा बढी एक हजार छ जना सङ्क्रमित पुगेका छन् ।

यसै गरी अछाममा ५९३, बैतडीमा ३००, बझाङमा १६२, बाजुरामा ४४६, डडेल्धुरामा २७५, दार्चुलामा २०, डोटीमा ५३५ र कञ्चनपुरमा ४४६ जना कोभिड–१९ का सङ्क्रमित पुगेका छन् । भारतबाट आउनेको सङ्ख्या र क्वारेन्टिनमा बसेकाको सङ्ख्या घट्दै गएको र नयाँ नमूना सङ्कलन कार्य सुस्त हुँदा सङ्क्रमण दर पनि घटेको बताइएको छ ।

 सीमानाकाबाट आउनेको उचित व्यवस्थापन नभई पछिल्ला दिनमा आफू खुशी ढङ्गले गन्तव्यमा जाने गरेको देखिएकाले सङ्क्रमण अब समुदायमा देखिन सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेशमा हालसम्म कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । प्रदेशमा पहिलो पटक गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । वैशाख महिना शुरु हुँदासम्म पाँच जना सङ्क्रमित फेला परेकामा त्यसपछिको झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ