Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश नं. १ सरकारबाट ९८ जना खेलाडी पुरस्कृत

२०७७, ३१ असार बुधबार १४:२१

असार ३१, विराटनगर । प्रदेश नं.१ सरकारले दक्षिण एशियाली खेलकुदमा यस प्रदेशका विजेता खेलाडीहरुलाई आज सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ । 

तेह्रौँ दक्षिण एशियाली खेलकुदमा यस प्रदेशबाट पदक विजेता ९८ जना खेलाडीलाई प्रदेश सरकारले सो सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 

सम्मान तथा पुरस्कार प्राप्त गर्नेमा एकलतर्फ स्वर्ण पदक पाउने छ जनालाई जनही रु तीन लाख, रजत पदक पाउने चार जनालाई जनही रु दुई लाख र कास्य पदक पाउने १० जनालाई जनही रु एक लाख रहेका छन् । यसैगरी टीमतर्फ स्वर्ण पदक पाउने १५ जना, रजत पदक पाउने २२ जना र  कास्य पदक पाउने ४१ जना रहेका  छन् ।

स्वर्ण पदक प्राप्त गर्ने झापाका जुडो खेलाडी देविका खड्का, सुनसरीका तेक्वाण्डो खेलाडी सिना लिम्बु मादेन, मोरङका तेक्वाण्डो खेलाडी भुपेन श्रेष्ठ, उदयपुरका कराते खेलाडी अनुपमा मगर, इलामका उसु खेलाडी जुनी राई र सोलुखुम्बुका साइक्लिङ खेलाडी रावेश मगर छन् । 

रु तीन लाखलाई आधारमानी खेलाडी सङ्ख्याको आधारमा टीममा स्वर्णपदक पाउने खेलाडीलाई बढीमा रु एक लाख र कम्तीमा रु ७५ हजार ५००, रु दुई लाखलाई आधारमानी खेलाडी सङ्ख्याको आधारमा टीममा रजत पदक पाउने खेलाडीलाई बढीमा रु एक लाख र कम्तीमा रु ६० हजार तथा रु एक लाखलाई आधारमानी खेलाडी सङ्ख्याको आधारमा टीममा कास्य पदक पाउने खेलाडीलाई बढीमा रु ५० हजार र कम्तीमा रु ४१ हजार नगद पुरस्कार प्रदान गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले जानकारी दिनुभयो । उहाँले विजेता ९८ जना खेलाडीमध्ये १० जना खेलाडी दोहिरिएका छन् भन्नुभयो । पुरस्कारमा कूल रु ८० लाख वितरण भएको बताइएको छ । 

मुख्यमन्त्री शेरधन राईले देशको प्रतिष्ठा बढाउने खेल र खेलाडीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले कोभिड–१९ को महामारीको समयमा खेलाडीले निश्चित अनुशासन एवं भौतिक दूरी कायम राख्नु सुझाव दिँदै खेलकुदको माध्यमबाट देशको प्रतिष्ठा बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुदको माध्यमबाट व्यावसायिक बन्न खेलाडीहरुलाई सुझाव दिँदै स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउन सरकारले काबुमा रहेका बजेटलाई सोही अनुसार खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र सोही अनुसार खेलकुद ऐन बनाएको चर्चा गर्दै प्रदेशको १३७ वटै स्थानीय तहमा खेलमैदान बनाउने बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा प्रदेशस्तरीय रङ्गशाला निर्माण गर्ने भन्दै मोरङको बैजनाथपुरमा रहेको खेल मैदानलाई अन्तरराष्ट्रियस्तरको रङ्गशाला बनाउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । 

पुरस्कृत खेलाडीहरुका तर्फबाट फुटबल खेलाडी सुजन श्रेष्ठ र टेक्वान्डो खेलाडी सीमा लिम्बुले खेललाई सर्वोपरी बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै खेलले राष्ट्रको गौरव र पहिचान बढाउने भएकाले यसको चौतर्फी विकासमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश