२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्ला कोरोना सङ्क्रमण मुक्त

२०७७, १२ श्रावण सोमबार ०५:०८

साउन १२, जुम्ला | जुम्लाजिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । 

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भन्नुभयो,“प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो । अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानि अपनाउन म आग्रह गर्दछु । ” प्रतिष्ठानले हालसम्म करिव २० जनाको पिसिआर परीक्षण गरिसकेको छ ।

आइसोलेसनमा बाँकी रहेका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितको सङ्ख्या  शून्य भएको प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले बताउनुभयो । “शुरु शुरुमा कोभिड कम भए पनि बिचमा बढ्यो । डर घट्यो । जिल्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले नतिजा सबैका नेगेटिभ आएको छ । तर परीक्षण दायरा बढाउँदा अझै भेटिन सक्ने भन्दै सबै अझै सजग हुनुपर्छ । ” उहाँले भन्नुभयो । 

प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछि प्रतिष्ठानले कोरोना परीक्षण गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पिसीआर उपकरण स्थापना गरी सञ्चालन, कोरोना जाँच र स्वाँव सङ्कलनमा उच्च प्राथमिता दिएका कारण यो सफलता हात परेको हो । ”  प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । उहाँले हुम्ला, मुगु, दैलेख, कालीकोटसहित आवश्यकता परेको स्थानमा काम गर्न चिकित्सक, स्वास्थ्यकर्मी, परिचालन भएको जानकारी दिनुभयो ।

सङ्क्रमित शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई आइतबार सम्मान गरिएको थियो । जिल्लामा सबै उपलब्ध नहुने भएकाले साङ्केतिक रुपमा उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको हो । जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले अहिले सङ्कटको समयमा स्वास्थकर्मी नागरिकका लागि वास्तविक नायक सावित र अझै राष्ट्रसेवकले राज्यलाई आवश्यक परेको समयमा निरन्तर सहयोग गर्नेमा दुईमत नभएको बताउनुभयो । 

परीक्षण गरिएकामध्ये ६९ जनालाई कोरोना सङ्क्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “आइसोलेसनमा रहेका एक जना आइतबार निको भएर गएपछि जुम्ला जिल्ला कोरोनामुक्त भएको हो । ६९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।” त्यसैगरी ४०९ जनाको आरडिटी परीक्षण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण