साउन ११, पर्वत । बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् । 

लगातार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, पर्वत । बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् । 

लगातार"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहाड चिरिएर पहिरो खस्न थालेपछि चारघर विस्थापित

११ श्रावण २०७३, मंगलवार ०३:४७

साउन ११, पर्वत । बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् । 

लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा परेर गत एक हप्तादेखि पहिरो खस्न थालेपछि माझफाँट गाविस–९ का चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने बाँकी २७ घर पनि जोखिममा परेका हुन् । 

स्थानीयबासी नगेन्द्र कार्की, पदम कार्की, डेगबहादुर कार्की र रन्जित पुनको परिवार अहिले पूर्णरुपमा विस्थापित बनेको छ । उनीहरु घर छाडेर माझफाँट गाविसमै पहिलेको बस्तीभन्दा अलि पर सुरक्षित स्थानमा सरेका छन् । 

उनीहरु अहिले खुला आकाशमुनि रात काट्न बाध्य भएका छन् । एक सातादेखि घर छाडेर खुल्ला आकाशमुनि बस्दा समेत कसैले राहत दिन नआएको गुनासो समेत विस्थापित परिवारको छ । 

उक्त पहाडबाट खस्न लागेको पहिरोका कारण माझफाँट गाविस–९ का अन्य २० घर र बाँसखर्क गाविस–९ का २० घरपरिवार जोखिममा परेका छन् । उनीहरु रातभर जाग्राम बसेर रात कटाउने गरेका छन् । पहाडमा परेका चिराको लम्बाइ २०० मिटर, पाँचदेखि १५ मिटरसम्म गहिरो र पाँचदेखि १० मिटर चौडाइको रहेको स्थलगत निरीक्षणको टोलीले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

जोखिममा परेका २७ घर परिवारलाई सुरक्षित स्थानमा सर्न वा सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिए । उनका अनुसार पहिरोले पुरिएका चार घर विस्थापित बनिसकेका छन् भने बाँकी २७ घर सङ्कटको अवस्थामा बसिरहेका छन् । 

उनीहरुलाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ । उच्च स्थानमा रहेको पहाड पूरै चिराचिरा परेर खस्न थालेपछि तत्काल नियन्त्रण गर्न समेत सकिने अवस्था नरहेको जिल्ला भूसंरक्षण कार्यालयका प्राविधिक प्रकाश बस्नेतले जानकारी दिए । 

उहाँका अनुसार पहाडको टुप्पामा सबै ठाउँमा चिरा परेको छ, भासिएको छ र कतिपय ठाउँबाट जमिन धसिएर १० मिटरसम्म तल पुगिसकेको छ । यस्तो अवस्थामा पहाडमुनिको सयौँ हेक्टर जमिन र बस्ती निकै खतरामा परेको छ । त्यसैले उनीहरुलाई सतर्कता अपनाउन सुझाव दिइएको बस्नेतले जानकारी दिएका छन् । 

आकाशबाट पानी परेको दिन रातैभर जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीय गोविन्द जिसीले जानकारी  दिएका छन् । कतिबेला पहाडनै खसेर पुरिने हो भन्ने चिन्ताले रातभर निदाउन नसकिएको उहाँको भनाइ रहेको छ । लामो समयदेखि यस्तो समस्या रहेपनि वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि झनै कमजोर बनेको पहाड अहिलेको वर्षामा खस्न लागेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । 

उक्त स्थानको जोखिम कम गर्न उक्त पहाड खस्न दिनुको विकल्प छैन, ठूलो क्षेत्रफलबाट चर्किएको र भासिन लागेकाले कुनै न कुनै बेला पहिरो खस्ने सम्भावना बढी देखिएको छ । भूसंरक्षण गर्न समेत सकिने सम्भावना नरहेको निरीक्षण टोलीले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यसैबीच, विस्थापित बनेका चार घरपरिवारलाई तत्काल राहतस्वरुप त्रिपाल र अन्य खाद्यवस्तु उपलब्ध गराउने पहल भइरहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार