साउन ११, पर्वत । बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् । 

लगातार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, पर्वत । बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् । 

लगातार"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहाड चिरिएर पहिरो खस्न थालेपछि चारघर विस्थापित

२०७३, ११ श्रावण मंगलवार ०३:४७

साउन ११, पर्वत । बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् । 

लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा परेर गत एक हप्तादेखि पहिरो खस्न थालेपछि माझफाँट गाविस–९ का चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने बाँकी २७ घर पनि जोखिममा परेका हुन् । 

स्थानीयबासी नगेन्द्र कार्की, पदम कार्की, डेगबहादुर कार्की र रन्जित पुनको परिवार अहिले पूर्णरुपमा विस्थापित बनेको छ । उनीहरु घर छाडेर माझफाँट गाविसमै पहिलेको बस्तीभन्दा अलि पर सुरक्षित स्थानमा सरेका छन् । 

उनीहरु अहिले खुला आकाशमुनि रात काट्न बाध्य भएका छन् । एक सातादेखि घर छाडेर खुल्ला आकाशमुनि बस्दा समेत कसैले राहत दिन नआएको गुनासो समेत विस्थापित परिवारको छ । 

उक्त पहाडबाट खस्न लागेको पहिरोका कारण माझफाँट गाविस–९ का अन्य २० घर र बाँसखर्क गाविस–९ का २० घरपरिवार जोखिममा परेका छन् । उनीहरु रातभर जाग्राम बसेर रात कटाउने गरेका छन् । पहाडमा परेका चिराको लम्बाइ २०० मिटर, पाँचदेखि १५ मिटरसम्म गहिरो र पाँचदेखि १० मिटर चौडाइको रहेको स्थलगत निरीक्षणको टोलीले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

जोखिममा परेका २७ घर परिवारलाई सुरक्षित स्थानमा सर्न वा सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिए । उनका अनुसार पहिरोले पुरिएका चार घर विस्थापित बनिसकेका छन् भने बाँकी २७ घर सङ्कटको अवस्थामा बसिरहेका छन् । 

उनीहरुलाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ । उच्च स्थानमा रहेको पहाड पूरै चिराचिरा परेर खस्न थालेपछि तत्काल नियन्त्रण गर्न समेत सकिने अवस्था नरहेको जिल्ला भूसंरक्षण कार्यालयका प्राविधिक प्रकाश बस्नेतले जानकारी दिए । 

उहाँका अनुसार पहाडको टुप्पामा सबै ठाउँमा चिरा परेको छ, भासिएको छ र कतिपय ठाउँबाट जमिन धसिएर १० मिटरसम्म तल पुगिसकेको छ । यस्तो अवस्थामा पहाडमुनिको सयौँ हेक्टर जमिन र बस्ती निकै खतरामा परेको छ । त्यसैले उनीहरुलाई सतर्कता अपनाउन सुझाव दिइएको बस्नेतले जानकारी दिएका छन् । 

आकाशबाट पानी परेको दिन रातैभर जाग्राम बस्नुपर्ने अवस्था रहेको स्थानीय गोविन्द जिसीले जानकारी  दिएका छन् । कतिबेला पहाडनै खसेर पुरिने हो भन्ने चिन्ताले रातभर निदाउन नसकिएको उहाँको भनाइ रहेको छ । लामो समयदेखि यस्तो समस्या रहेपनि वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि झनै कमजोर बनेको पहाड अहिलेको वर्षामा खस्न लागेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । 

उक्त स्थानको जोखिम कम गर्न उक्त पहाड खस्न दिनुको विकल्प छैन, ठूलो क्षेत्रफलबाट चर्किएको र भासिन लागेकाले कुनै न कुनै बेला पहिरो खस्ने सम्भावना बढी देखिएको छ । भूसंरक्षण गर्न समेत सकिने सम्भावना नरहेको निरीक्षण टोलीले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यसैबीच, विस्थापित बनेका चार घरपरिवारलाई तत्काल राहतस्वरुप त्रिपाल र अन्य खाद्यवस्तु उपलब्ध गराउने पहल भइरहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने