२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा स्थगित

२०७७, २३ श्रावण शुक्रबार १२:४०

 साउन २३, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने भएको छ । बन्दाबन्दीपछि असार १ गतेबाट उपत्यकाको तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेकोमा सङ्क्रमणको जोखिम बढेको भन्दै साउन २५ गतेदेखि सेवा स्थगित गर्ने निर्णय गरेको हो । 

आज काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित बसेको संयुक्त बैठकले भदौ ८ गतेसम्म सेवा स्थगित गर्ने निर्णय गरेको हो । सरकारी निर्णय अनुसार असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वय गराउने, दुई मिटरको दुरी कायम गराउने, मास्क लगाउने व्यवस्था मिलाउँदै सेवा सञ्चालन गरिरहेको भए पनि मानिसका भीडभाड बढेकाले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । 

मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता,  पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिक परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगित गरिएको जनाइएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य अत्यावश्यक कामका लागि सवारी पास र विपद व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ ।

 साउन २३, काठमाडौँ अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवा ग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

अनावश्यक भिडभाड नगरी दुई मिटरको भौतिक दूरी राखेर सेवा लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य मापदण्ड नअपनाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको छ । ऐनमा एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय गर्न सक्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन