साउन ११, झापा । शनिबारदेखि लगातार परेको वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मृत्यु भएको छ भने एक घाइते र एक बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा गरामनी–२ डाँडागाउँ नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, झापा । शनिबारदेखि लगातार परेको वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मृत्यु भएको छ भने एक घाइते र एक बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा गरामनी–२ डाँडागाउँ नि"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा बाढीका कारण पाँचको मृत्यु

२०७३, ११ श्रावण मंगलवार ०८:२८

साउन ११, झापा । शनिबारदेखि लगातार परेको वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मृत्यु भएको छ भने एक घाइते र एक बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा गरामनी–२ डाँडागाउँ निवासी ३४ वर्षीय लुखीराम सोरेन, तोपगाछी–८ क्याम्पा बजार निवासी विशाल भुजेलका दुई वर्षीय छोरा मनिष, धुलाबारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३५ वर्षीय टेकेन्द्र खड्का छन् । 

त्यस्तै गौरीगन्ज–५ का ११ वर्षीय दीपेश गिरी घाइते भएका छन् । घर नजिकैको खोला हेर्न गएका उनी खोला बढेर आएपछि भाग्ने क्रममा कल्भर्टबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । 

उता माईखोलामा आएको बाढीले बगाएर भारत घर भई हाल कुमरखोद–४ बस्दै आएका १८ वर्षीय कालु भनिने बाबुलाल मण्डीलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानाकारी दिए । 

लगातार आएको वर्षाका कारण जिल्लाका दुई हजार २८३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापामा अझै पनि ६६९ घर डुबानमा रहेको बताइएको छ । 

बाढीका कारण अधिकांश ठाउँ प्रभावित भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सबैलाई सचेत रहन आग्रह गरेको छ । 

प्रभावित भएका स्थानमा जोखिममा परेका जनसमुदायलाई तत्काल राहत उद्धारमा लाग्न सबै पक्षलाई आग्रह गरिएको प्रजिअ मदन भुजेलले बताए । आज मात्रै भुजेलको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी सबैलाई सुरक्षित स्थानमा राख्न र प्रभावितलाई खाना, पानी र स्वास्थ्यसम्बन्धी हेरचाह गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरिएको छ । 

आज पनि झापामा बिहानैदेखि वर्षा भइरहेको छ । मेची, निन्दा, विरिङ, कनकाई, रतुवा लगायत नदीमा पानीको सतह उच्च रहेकाले सचेत रहन सबैलाई आग्रह गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । मैनाचुलीमा रहेको कनकाई जल मापन केन्द्रका अनुसार झापामा पछिल्लो २४ घन्टाभित्र ५८.२ मिमी वर्षा भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण