२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ खोपको पहुँच सबैमा सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने

२०७७, २६ श्रावण सोमबार १५:०३

साउन २६, जेनेभा (रासस/सिन्ह्वा) । कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भन्नुभयो, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि ।” 

स्वास्थ्यका लागि प्रयोग हुने उक्त रकम जी–२० देशले कोरोना भाइरस महामारीबाट थला परेको अर्थतन्त्रलाई उकास्न वित्तीय प्रोत्साहनका लागि लगानी गरिसकेको १० ट्रिलियन डलरको तुलनामा यो निकै सानो भएको तर्क उहाँले गर्नुभयो ।  कोरोना नियन्त्रण नभएमा अहिलेको स्वास्थ्य तथा आर्थिक सङ्कट थप भयावह हुने भन्दै विश्वले सम्भावित जिम्मेवारीका लागि अग्रसरता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयोे ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आउँदो तीन महिनामा ‘एसीटी–एक्सेलेटर’को कामको मापन गर्ने महत्वपूर्ण समय हुनेछ ।” 

खोप विकास, उत्पादन र कोभिड–१९ परीक्षण, उपचार र खोपको समान पहुँचको गतिलाई अघि बढाउन डब्ल्यूएचओको अगुवाईमा ‘एसीटी–एक्सेलेटर’ (विश्वव्यापी सहकार्य) आवश्यक रहेको पनि उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यद्यपि यसलाई सफल पार्न हामीले सहकार्यलाई महत्व दिँदै नयाँ उपकरणको प्रयोगलाई प्राथमिकता दिने मापदण्डको आधार बनाउनुपर्छ ।”

डब्ल्यूएचओ प्रमुखका अनुसार ‘एसीटी–एक्सेलेरेटर’का लागि महत्वाकांक्षा र प्रतिबद्धता गरिएको रकमको मात्रा बीच ठूलो अन्तर रहेको छ ।

“हामी ‘एसीटी एक्सेलेरेटर’को आश्वासन महसुस गर्नका लागि आवश्यक अर्बौको कोषमा १० प्रतिशतमा मात्र छौं भन्ने कुराको ख्याल गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

यस हप्ता कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोडमा पुग्ने र सङ्क्रमित सात लाख ५० हजारको मृत्यु सङ्ख्या पुग्ने कुराप्रति सचेत गराउँदै डब्ल्यूएचओ प्रमुखले जोड दिनुभयो, “यी तथ्या ङ्कहरू पछाडि ठूलो दुःख र पीडा रहेको छ । यस कुरालाई मध्यनजर गर्दै विश्व नेताहरूले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र नागरिकहरूले सम्वेदनशील बनी अगाडि बढ्र्नेमा उहाले जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन