२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर डेढ सय पुलको मर्मत

२०७७, ३१ श्रावण शनिबार ०७:२३

 साउन ३१, काठमाडौँ (रासस) । सडक विभागले गत आर्थिक वर्षमा देशभरका विभिन्न जिल्लाका सडकमा गरी झण्डै डेढ सय पुलको मर्मत गरेको छ । नेपाल सरकार आफ्नै लगानी र कतिपय स्थानमा दातृ निकायको सहयोगमा पुराना पुलको मर्मत भएको हो ।

पुराना र जोखिमयुक्त पुल भएका स्थानमा नयाँ पुल राखेर पुरानो हटाउँदै जाने नीति रहेको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताउनुभयो । भूकम्पका कारण क्षतिग्रस्त बनेका पुलको समेत मर्मतको काम भइरहेको छ ।

विगतमा निर्माण भएका कतिपय पुल एक लेन हुने गरेकामा अहिले दुई वा चार लेनको पुल बनिरहेका छन् । उहाँले भन्नुभयो, “पुराना र साँघुरा भएका स्थानमा त्यसको मर्मत र नयाँ निर्माण दुवै भइरहेको छ ।”

विभागले दुई वर्षयता झण्डै डेढ सय पुल मर्मत गरिरहेको छ । विश्व बैंकले अध्ययन गरिरहेको पतलैया–ढल्केबर सडकमा पुल पुराना र साँघुरो रहेको उपमहानिर्देशक भट्टराईले जानकारी दिनुभयो । त्यहाँका झण्डै ७० पुल चार लेनमा निर्माण गरिने योजना बनाइएको छ । कतिपय स्थानमा विभाग आफैँले पनि मर्मतका लागि योजना बनाइहेको छ ।

सिद्धार्थ राजमार्गमा राम्दी पुललाई मर्मत गर्ने कार्यक्रममा रहेको छ । मुग्लिनमा नयाँ पुल बनिसकेर प्रयोगमा आएको छ भने त्यस छेउमा पुरानो पुल रहेको छ । उहाँले भन्नुभयो, “पुरानो पुल पनि मर्मत गर्न यो वर्षको कार्यक्रममा उल्लेख छ ।”

देशभरका सडक योजनामा जहाँजहाँ ठूला मर्मत गर्नुपर्छ त्यहाँ सडक विभाग, पुल महाशाखा आफैँले गरिरहेको छ । साना मर्मतका लागि पुल महाशाखा अन्तर्गतका चार कार्यालयलाई बजेट छुट्याइएको छ  । आगामी आवमा दुई हजार मिटर पुलको मर्मत गर्ने लक्ष्य लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन