२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षण अस्पतालका एकतिहाइ श्यया आइसोलेसनका लागि

२०७७, ३१ श्रावण शनिबार १२:२४

साउन ३१, काठमाडौँ (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ ।

 मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत सङ्ख्याको एकतिहाई हुन आउने श्यया सङ्ख्या छुट्याइ उपचारको व्यवस्था तत्कालन मिलाउन अनुरोध गरिएको जानकारी दिनुभयो । हिजो (शुक्रबार) पनि सबै निजी अस्पताललाई सङ्क्रमित राख्नका लागि २० प्रतिशत श्यया छुट्याउन अनुरोध गरेको थियो ।

सभा, सेमिनार गर्न बन्द

यसैगरी मन्त्रालयले सभा, सेमिनार, आवासीय कार्यक्रम, गोष्ठी नगर्न अनुरोध गरेको छ । प्रवक्ता डा गौतमले अर्को सूचना नभएसम्म र मन्त्रालयको पूर्व स्वीकृत नलिइ कुनै पनि सभा÷गोष्ठी नगर्न अनुरोध गरिएको बताउनुभयो । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्नसमेत अनुरोध गरेको छ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मी सङ्क्रमित भएका भन्दै उनीहरुको सेवाको उच्च मूल्याङ्कन गर्नुको साटो दुव्र्यवहारमा भएका घटना सार्वजनिक भएको प्रति आपत्ति जनाउँदै दुव्र्यवहार नगर्न अनुरोध गरिएको हो । प्रवक्ता डा गौतमले दुव्र्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही गरिने पनि जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन