२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमण पुनः वृद्धि

२०७७, ३१ श्रावण शनिबार १५:३१

साउन ३१, सियोल (रासस/एपी) । दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण दर पुन ः बढ्ने क्रम देखिएको यहाँका अधिकारीहरूले बताएका छन् ।   गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १६६ पुगेको र यो पाँच महिना यता दक्षिण कोरियामा एकै दिन सङ्क्रमित व्यक्तिको सङ्ख्या सबैभन्दा धेरै हो । 

पाँच करोड १० लाख जनसङ्ख्या रहेको राजधानी शहर सियोलमा पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि सरकारले सङ्क्रमण नियन्त्रणका उपायहरूलाई थप कडा पारिरहेको छ । 

दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा देशभर अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १५ हजार ३९ रहेको र ३०५ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । 

केसीडीसीले नयाँ सङ्क्रमितमध्ये १५५ जना स्थानीय रहेको र अन्य कोरियामा विभिन्न कामको शिलशिलामा पुगेका विदेशी रहेको  बताएको छ । सङ्क्रमितमध्ये अधिकांश राजधानी शहर र वरपरका क्षेत्रका नागरिक हुन् । 

अधिकारीहरूले पुनः सङ्क्रमण देखिन थालेपछि तत्काल हजारौं चर्चहरूलाई बन्द गर्न निर्देशन गरेका छन् । कोरियामा सङ्क्रमण फैलिनसक्ने एउटा प्रमुख क्षेत्रका रूपमा चर्चलाई लिएका छन् । 

यस पहिले पनि कोरियाको एक चर्चमा गएका केही व्यक्तिबाट सङ्क्रमण फैलिएको थियो । त्यसैगरी नर्सिङ होम, विद्यालय, रेस्टुरेण्ट र धेरै उपभोक्ताको भेला हुने बजारहरू रहेका छन् ।

सरकारी अधिकारीहरूले शनिबार सियोलमा सरकारको विरोधमा प्रदर्शनकारी र मजदुर युनियनहरूले गरेको प्रदर्शनका कारण सङ्क्रमण अझ फैलिनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

सङ्क्रमण वृद्धि भएका कारण ठूला शहरहरूमा सामाजिक दूरीको उपायहरूलाई अझ कडा बनाउन सक्ने अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म आर्थिक चिन्ताको कारण शहरी क्षेत्रमा खासै कडाई गरिएको छैन । सरकारले सार्वजनिक जमघटमा प्रतिबन्ध, मनोरन्जन स्थलहरूलाई बन्द गर्ने र बेसबल र अन्य व्यावसायिक खेलहरूबाट प्रशंसकहरू हटाउनेजस्ता प्रतिबन्ध समावेश गर्न सक्ने बताएको छ । दक्षिण कोरियाले जुलाईको अन्त्यदेखि आंशिक रूपमा दर्शकहरूलाई खेल हेर्न खुला गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन