साउन ११, पर्वत । लगातारको बर्षासंगै मंगलबार मोदीखोला र कालीगण्डकी नदीमा पानीको बहाब ह्वातै बढेको छ । 

सोमबार देखी भइरहेको अविरल बर्षाले नदी आसपासका क्षेत्रमा पहिरो समेत गएको बुझिएको छ । निरन्तरको बर्षासंगै नदीको सतह समेत बढेपछि दुवै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, पर्वत । लगातारको बर्षासंगै मंगलबार मोदीखोला र कालीगण्डकी नदीमा पानीको बहाब ह्वातै बढेको छ । 

सोमबार देखी भइरहेको अविरल बर्षाले नदी आसपासका क्षेत्रमा पहिरो समेत गएको बुझिएको छ । निरन्तरको बर्षासंगै नदीको सतह समेत बढेपछि दुवै"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदी, म्याग्दी र कालीगण्डकीमा पानीको बहाब बढ्यो

११ श्रावण २०७३, मंगलवार १२:३९

साउन ११, पर्वत । लगातारको बर्षासंगै मंगलबार मोदीखोला र कालीगण्डकी नदीमा पानीको बहाब ह्वातै बढेको छ । 

सोमबार देखी भइरहेको अविरल बर्षाले नदी आसपासका क्षेत्रमा पहिरो समेत गएको बुझिएको छ । निरन्तरको बर्षासंगै नदीको सतह समेत बढेपछि दुवै नदीको तटिय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरू चिन्तित भएका छन् । जिल्लाको देउपुर देउराली, बाजुङ क्याङ हुर्दै बग्ने पातिखोला, लिस्तुङखोला तिलाहारको रतिखोलामा समेत पानीको बहाब बढेपछि आसपासका खेतहरु कटान गर्न थालेको स्थानियले बताएका छन् । 

पानीको बहाब बढेसँगै जिल्लाका विभिन्न ठाउँहुदै बग्ने खहरेखोला तथा नदिको बहाब बढेपछि कटान बढेको छ । नदीको कटान र पहिरोका कारण खोला नदीमा बगेका दाउरा छोप्नको लागि स्थानियहरु ज्यानको जोखिम मोलेर समेत जाने गरेका छन् । 

गतबर्ष पातीखोला र मोदीमा बढेको पानीको बहाबसँगै पातिखोलाले सयौ रोपनी जग्गाको धानखेतीसमेत बगरमा परिणत गरेको थियो भने मोदीखोला किनारमा रहेको माछापालान र बङ्गुर फार्म समेत बगाएको थियो जसबाट लाखौको नोक्सान भएको थियो ।

बर्षाकै कारण नदीमा बहाब बढेपछि म्याग्दी खोला र कालीगण्डकी तटीय क्षेत्रका स्थानियबासी चिन्तीत बनेका छन् ।  म्याग्दीको धौलागिरि हिमाल हुदै मुदी हुदै दरवाङ, बावियाचौर, अर्मन हुदै सिंगा तातोपानी हुदै बग्ने म्याग्दी नदी र मुस्ताङको सदरमुकाम जोमसोम हुदै म्याग्दीका विभिन्न गाविस, पर्वतबेनी हुदै बग्ने म्याग्दी नदीले हरेकबर्ष तटिय क्षेत्रका सर्वसाधारणलाई जोखिममा पर्ने गरेको छ । पवर्तबेनी र म्याग्दीको सदरमुकाम बेनी हुदै बग्ने दुवै नदी सतह गहिरो भएपनि कटानको सम्भावना समेत रहेको छ ।

गतबर्ष उत्तरी म्याग्दीको राम्चे गाविसमा गएको पहिरोले कालिगण्डकी १६ घण्टा थुनिएपछि बैसरीबजार पुरिएपछि त्रसित भएका तटियक्षेत्रका बासिन्दाले नदीको सतह बढेपछि चिन्तित हुने गरेका छन् । बेनीबजार संरक्षणका लागि तटबन्ध बनाएपनि प्रयाप्त भने छैन । 

बेनीबजारलाई संरक्षण गर्न चालु आर्थिकबर्षमा जम्मा १ करोड विनियोजन भएको छ । करिव १० करोड आवश्यकता रहेको अनुमान गरिएको छ । यसैविच लगातारको बर्षाले म्याग्दीको जनजिवन प्रभावित बनाएको छ । सदरमुकाम देखी दुर्गम गाविसम्म पहिरो र बाढीले जनजिवन कष्टकर बनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का