२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरमै बसेर कोरोना जितेका पौडेल भन्छन् ‘बाफ लिएँ, कागती र बेसारपानी पिएँ’

२०७७, ४ भाद्र बिहीबार ०३:१४

भदौ ४, तनहुँ | तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको  कोरोना पोजिटिभ देखिएको थियो । 

त्यसदिनदेखि होम आइसोलेशनमा बस्नुभएका पौडल बुधबार निको हुनुभएको छ । पोखरामा गरिएको स्वाब परीक्षणमा उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोनामुक्त भएपछि रासससँग कुराकानी गर्दै अध्यक्ष पौडेलले आत्मबलले कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिनुभयो ।“कोरोना सङ्क्रमण भएको दिनदेखि म घरमै छुट्टै सुरक्षित रुपमा बसिरहेको थिएँ, घरमा बस्दा खासै समस्या देखिएन”, पौडेलले भन्नुभयो, “निरन्तर स्वास्थ्यकर्मीको निगरानीमा थिएँ ।” 

पौडेलले कोरोना सङ्क्रमण भए पनि औषधि भने प्रयोग नगरेको जानकारी दिनुभयो । “बाफ लिएँ कागती पानी र बेसारपानी पिएँ, नियमित भोजन ग्रहण गरँे”, उहाँले भन्नुभयो, “एक दिन सामान्य रुघा लागेको थियो तर खास समस्या भएन ।”

कोभिड–१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएकाले सजग हुनुपर्ने पौडेलको सुझाव छ । “हिँडडुल गर्दा, अरुसँग उठबस गर्दा कोरोना सर्ने भएकाले भौतिक दूरी कायमै गर्नपर्छ”, उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा बाहिर नहिँडेर घरमै बस्दा सुरक्षित हुन्छ ।”

सोही दिन कोरोना सङ्क्रमित हुनुभएका देवघाट गाउँपालिका–५ का ३० वर्षीय पुरुष पनि कोरोनामुक्त भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो । 

देवघाटका समुदायका दुई व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिलो चरणमा ३८ र ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये देवघाट–५ का २७ वर्षीय स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण भएको छ ।

घरमा बसेर तीज मनाऔँ

कोभिड–१९ को जोखिमका कारण यस वर्ष तीज विगत वर्षको जस्तो नहुने भएको छ । जिल्लाका विभिन्न ठाउँमा समुदायस्तरका व्यक्तिमा कोरोना सङ्क्रमण देखिन थालेपछि सतर्कता अपनाइएको छ । यसैक्रममा  देवघाट गाउँपालिकाले आपसमा जुटेर नभई घरघरमै बसेर तीज मनाउन आग्रह गरेको छ ।

आपसमा जुटेर, भेला भएर, टोलछिमेकमा यताउता गरेर नभई आआफ्नै घरमा स्वास्थ्य सुरक्षा सावधानीसहित तीज मनाउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । “जीवन रहे आगामी वर्षहरुमा चाडबाड मनाउन, रमाइलो गर्न, नातागोता भेटघाट गर्न सकिन्छ, जीवन नै नरहे यी सबै सपना मात्र हुनेछ”, थापाले भन्नुभयो, “यस्तो संवेदनशील स्थितिमा हामी सबै सजग रहाँै, सचेत रहौँ, सामाजिक दूरी कायम गराँै, भीडभाड नगराँैै ।”

कोभिड–१९ को महामारीको जोखिम र सङ्क्रमणको खतरालाई ध्यानमा राखी देवघाट गाउँपालिकाले नयाँ मापदण्डसहितको बन्दाबन्दी आह्वान गरेको र कोभिड–१९ विरुद्ध देवघाटमा जारी अभियानलाई प्रभावकारी बनाउन समुदायस्तरबाट सहयोगको अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा