२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं १ मा ४२ सङ्क्रमित थपिए

२०७७, ४ भाद्र बिहीबार १५:१७

भदौ ४, बिराटनगर | प्रदेश नं १ मा आज ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । विगत तीन दिनको सङ्क्रमित हेर्दा भदौ २ गते १३९ जना र ३ गते १२३ जना सङ्क्रमित भएका थिए ।

आज सङ्क्रमित हुनेमा १३ महिला र २९ पुरुष छन् । जसमा सुनसरीका १२, मोरङका १०, तेह्रथुमका नौ, उदयपुरका तीन, धनकुटा र झापामा एक÷एक जना छन् भने प्रदेश बाहिरका छ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमित देखिनेमा सुनसरीको धरानका तीन महिला तीन पुरुष, कोशी गाउँपालिकाका चार पुरुष, रामधुनी र दुहवीका एक/एक पुरुष, मोरङको बुढीगंगाका दुई महिला दुई पुरुष, सुन्दरहरैचाका एक महिला पाँच पुरुष, तेह्रथुम म्याङलुङका तीन महिला छ पुरुष, उदयपुरको त्रियुगाका एक महिला तीन पुरुष, धनकुटाको शहीदभूमि र झापाको गौरीगञ्जका एक/एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार प्रदेश बाहिरका महोत्तरीका दुई महिला एक पुरुष, धनुषा र जनकपुरका एक/एक पुरुष र सिरहाका एक महिलामा कोरोना सङ्क्रमण दखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३९७ पुगेको छ । कोरोनाबाट मुक्त हुने १८ जना आज घर फर्केका छन् । घर फर्कनेमा  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १४ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चार जना छन् । 

यस प्रदेशमा आज एक हजार ५०७ जनाको पिसीआर परीक्षण भएको छ । भदौ २ गते दुई हजार ६३१ जना र भदौ ३ गते एक हजार ९४१ जनाको पिसीआर परीक्षण भएको थियो । हालसम्ममा पिसीआर परीक्षण हुनेको सङ्ख्या ७३ हजार ५५३ भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो