२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेको उकालो यात्रा जारी, शीर्ष स्थानमा कुन – कुन कम्पनी परे ?

२०७७, ९ भाद्र मंगलवार ११:५८

भदौ ९, काठमाडौँ (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले असर पारेको छैन । पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ९.३४ बिन्दुले बढेर एक हजार ४४०.९४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ ले वृद्धि भई २९८.९७ मा पुगेको छ ।

कूल १८९ कम्पनीको  ३९ लाख ४० हजार ६९१ कित्ता शेयर रु एक अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० मा खरिद बिक्री भएका छन् । लगातार शेयर बजार उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै रु १९ खर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ३.०६, उत्पादन ७.२५ र सामूहिक लगानी कोष ०.०१ ले घटेको छ ।

यस्तै बैंकिङ १.९२, होटल १०.२, विकास बैंक २.७७, जलविद्युत् ९.०५, वित्त १.२, निर्जीवन बीमा ३२.२६, अन्य १८.५७, लघुवित्त २०.०८ र जीवन बीमा १५१.७३ ले बढेको छ ।

कारोबारका आधारमा आज शीर्ष स्थानमा नेपाल पुनरबीमा कम्पनी रहेको छ । सो कम्पनीको रु २८ करोड ७४ लाख पाँच हजार ८९८ बराबरको कारोबार भएको छ ।

यस्तै, नेको इन्स्योरेन्स रु १४ करोड २६ लाख ५५ हजार २०६, सूर्या लाइफ इन्स्योरेन्स रु आठ करोड ४३ लाख ५६ हजार १०५, नेपाल लाइफ इन्स्योरेन्स रु आठ करोड नौ लाख ९७ हजार ३७० र एशियन लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९१ लाख २२ हजार ७५१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार नेपाल पुनरबीमा कम्प्नी ७.६९, आशा लघुवित्त वित्तीय संस्था ६.१९ , सूर्या लाइफ इन्स्योरेन्स ५.९१, पञ्चकन्या माइ हाइड्रोपावर ५ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.७४ प्रतिशतले कमाए । त्यस्तै, समृद्धि फाइनान्स यूनियन हाइड्रोपावर ६.५४, नेशनल हाइड्रोपावर ४.९२, पोखरा फाइनान्स २.६१ र रिडी हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले कमाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन