२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु

२०७७, १२ भाद्र शुक्रबार ११:३२

भदौ १२, गण्डकी (रासस) । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण आज पोखरामा एक जनाको मृत्यु भएको छ । 

श्वासप्रश्वासमा समस्या भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा आएका पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुषको उपचारका क्रममा आज अपराह्न १२ः१५ बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमण भई उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने निज छैटौँ सङ्क्रमित रहेको बताइएको छ  ।

‘पेआइसोलेशन’ सञ्चालन गर्न दुई होटल तयार

कोभिड– १९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होेटल ‘पे आइसोलेशन’ सञ्चालन गर्न तयार भएका छन् । महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम होटल र होटल स्टेले  आइसोलेशन सेन्टर बनाउन आवेदन दिएको महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिनुभयो । यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि होटललाई पनि पे आइसोलेशनको रुपमा प्रयोगका लागि आह्वान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभड –१९ को जोखिम बढिरहेको छ ।  

महानगरले कृषि तालिम केन्द्र मालेपाटनमा ४० श्य्याको आइसोलेशन तयार  गरेको छ  ।  यो मात्र पर्याप्त हुँदैन यसैले पे आइसोलेशनका लागि होटलहरुलाई आह्वान गरेका हौ ।” उहाँले पहिलो चरणमा दुई होटल इच्छुक देखिएको तथा  उनीहरुले उपलब्ध गराउने सेवा सुविधा  शुल्कको बारेमा छफफल भइरहेको जानकारी दिनुभयो । यसअघि महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’  सञ्चालन गरिएको थियो । ती क्वारेन्टिनबाट करिब चारसय जनाले सुविधा लिएको बताइएको छ । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको छ । महानगरले विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहानेका लागि यो सुविधा उपलब्ध गराएको जनाएको छ ।

महानगरको सूचनाको आधारमा आइसोलेशन सेन्टरको रुपमा होटल सञ्चालनको लागि इच्छुक देखिएको पोख– १४ चाउथे स्थित होटल रोयल पामका  व्यवस्थापक राज श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “ गतचैत पहिलो साताबाट होटल बन्द छ,  कोरोनाको जोखिम बढिरहेको छ । यो अहिलेको कठिन अवस्थामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्ड पूरा गरेर होटल आइसोलेशनका सेन्टरको रुपमा दिएर सामाजिक उत्तरदायित्व निर्वाह गर्नु हाम्रो पनि दायित्व हो ।”   होटलमा ३० कोठामा ६० श्य्या रहेको र ३५ कर्मचारी कार्यरत रहेका छन् ।  आइसोलेशनको रुपमा दिने सेवा सुबिधा र शुल्कको बारेमा महानगरसँग समन्वय गरेर अघि बढ्ने उहाँले जानकारी दिनुभयो । 

पोखरा–१७ ड्यामसाइड स्थित होटल स्टेमा सञ्चालक लिलाबल्लभ पोखरेलले २३ कोठालाई आइशोलेशनको रुपमा दिन तयार भएको बताउनुभयो । “कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण निकै नकारात्मक छ, सुरक्षा बिधि अपनाएर अब जनजीवनलाई सामान्य बनाउनु पर्छ, सङ्क्रमित प्रति सकारात्मक दृष्टिकोणको सन्देश दिन पनि  होटललाई आइसोलेशन सेन्टरको रुपमा दिन तयार भएको हुँ । ” उहाँले भन्नुभयो । उहाँले सबैले आ–आफ्नो क्षेत्रबाट उत्तरदायित्व बहन गर्दै जान सकिएमा महामारी जित्न सकिने र स्थिति सामान्य हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।पोखरा –६ स्थित होटल कुटीका सञ्चालक देवेन्द्र केसीले अहिले क्वारेन्टिनको रुपमा होटल सञ्चालन भएको र  आवश्यक परे आउने दिनमा आइसोलेशनको लागि होटल दिएर राज्यलाई सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । 

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरा महानगरपालिकाको आइसोलेशनका लागि आह्वान गरेपनि यहाँका अधिकांश होटल बन्द हुनुका साथै पर्याप्त पार्किङ्ग लगायतका मापदण्ड भित्र नपरेकाले आवेदन नदिएको बताउनुभयो । उहाँले पोखरामा सात सय होटल रहेको र हाल क्वारेन्टिनमा सूचिकृत भएका २४ मध्ये ८ होटल मात्र सञ्चालनमा आएको जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने