2026-08-31 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै दिन चितवनका १०२ मा सङ्क्रमण, दुईको मृत्यु

भदौ १४, चितवन | एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । 

धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन् । त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उहाँले जनाकारी दिनुभयो ।

जिल्लाबाट नमूना सङ्कलन गरिएका १२० जनामा सङ्क्रमण देखिएको छ । अठार जना भने जिल्ला बाहिरका रहेको उहाँले बताउनुभयो । जिल्लामा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् ।

शनिबारै यहाँको चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ । तीमध्ये चार चितवनका हुन् भने अन्य उपचारका लागि यहाँ आएका हुन् । जिल्लाको सरकारी अस्पताल भरतपुर, दुई मेडिकल कलेज, निजी अस्पताल, संस्थागत आइसोलेसन र घरमा सङ्क्रमित रहेका छन् । एकै दिन यतिधेरै सङ्क्रमण देखिएको यो पहिलो हो ।  दैनिक सङ्क्रमण बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

चित्तलको मासुसहित पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले शनिबार चित्तलको मासुसहित चार जनालाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलीले उनीहरुलाई राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको हो । निकुञ्जका अनुसार पक्राउ पर्नेमा राप्ती–६ का ३५ वर्षीया पैगी चौधरी, १९ वर्षीय साजन चौधरी, ३० वर्षीया सुमित्रा चौधरी र एक जना नाबालिग रहेका छन् । उनीहरुलाई एकता सामुदायिक वनमा पासो थापी चित्तल मारेको आरोपमा पक्राउ गरिएको हो । घटनास्थलमा गएको प्रहरीसहितको टोलीले चित्तलको मासु र चित्तल थाप्न प्रयोग भएको पासो बरामद गरेको छ । 

घटनास्थलबाट १२ किलो, पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु बरामद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको उहाँको भनाइ छ । अपराध प्रमाणित भएमा रु २० हजारदेखि ५० हजारसम्म जरिवाना र छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग