४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु

१४ भाद्र २०७७, आईतवार ०६:३५

भदौ १४, भक्तपुर, (रासस) । उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ ।  भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेका थिए ।  वडाध्यक्ष श्यामकृष्ण खत्रीले  स्वास्थ्यकर्मीले सङ्क्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो  । 

नेपाली सेनाको टोलीले शव आज व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिनुभयो । यसअघि पाटन अस्पतालमा शनिबार बिहान मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक सङ्क्रमितको मृत्यु भएको थियो । भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ