२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेमा २२ अङ्कको वृद्धि

२०७७, १५ भाद्र सोमबार १२:१५

भदौ १५, काठमाडौँ, (रासस) । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । काठमाडौँ उपत्यकाभित्र कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको भए पनि शेयर बजारमा त्यसले कुनै प्रभाव पारेको छैन ।

लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले कारोवारमा कुनै पनि उल्झन नआएको हो । बरु दैनिक जसोनै कारोवार रकममा वृद्धि भएको छ । मुलुकको अर्थतन्त्र चलायनमान अवस्थामा रहेको धितोपत्र बजारमा देखिएको उत्साहले सङ्केत गरेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा २२.३३ अङ्कको सुधार आएको छ । नेप्से झण्डै एक हजार ५०० को बिन्दु नजिक पुग्न लागेको छ । कूल २२.३३ बिन्दुले नेप्सेमा वृद्धि भई एक हजार ४८४.९९ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.०५ ले वृद्धि भई २९८.३५ मा पुगेको छ । कूल १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर रु तीन अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ मूल्यमा खरिद बिक्री भए । 

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर वृद्धि भएको छ । होटल उपसमूह ०.७७ बिन्दुले घट्दा बैंकिङ ४.९५, व्यापार १८.०५, विकास बैंक १.५, जलविद्युत् ३३.६१, वित्त १.१, निर्जीवन बीमा २३३.७, उत्पादन ८८.७१, अन्य ३७.४, लघुवित्त ८.५८, जीवन बीमा २६०.३३ र सामूहिक लगानी कोष ०.०८ ले वृद्धि भएको छ । 

कारोवारका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ७४ लाख ५७ हजार २२८ बराबरको कारोवार भयो । यस्तै नेको इन्स्योरेन्स रु १७ करोड ७८ लाख १९ हजार ७०४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १६ करोड ८१ लाख १३ हजार ३१७, शिवम् सिमेन्ट रु १५ करोड ७१ लाख ७६ हजार ७५९, हिमालयन डिस्टिलरी रु १५ करोड ३२ लाख ३४ हजार ४२६ र सूर्या लाइफ इन्स्योरेन्स रु १२ करोड ८७ लाख चार हजार ६४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी १०, उन्नति सहकार्य लघुवित्त ९.९४, एनआरएन इन्फ्रास्टकचर ९.९४, सिनर्जी पावर कम्पनी ९.६५, अरुण काबेली पावर ९.४५, रैराङ हाइड्रोपावर ९.२८, पाँचथर पावर कम्पनीका लगानीकर्ताले ९.२४ प्रतिशतले कमाए । 

यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनी ७.२९, घोडीघोडा लघुवित्त ४.५८, ओरियण्टल होटल लिमिटेड ३.७२, मितेरी डेभलपमेन्ट बैंक २.६२, गुह्यश्वरी मर्चेन्ट बैंक २.३८ र सिन्धु विकास बैंकका शेयरधनीले २.३८ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन