२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा दोदा नदीमा डुबेर दुई बालिकाको मृत्यु

१५ भाद्र २०७७, सोमबार १३:०८

भदौ १५, कञ्चनपुर (रासस) : लालझाडी गाउँपालिका–२ कञ्जका दुई बालिकाको आज दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको हो ।

अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् । मृतक दुवैको शव बगेको स्थानबाट तीन सय मिटर टाढा फेला परेको थियो । 

“मृतक दुवै बालिका माछा मार्नका लागि नदीमा गएको परिवारजनबाट बुझिएको छ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

” उद्धार गरिएकी बालिकालाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । मृतक दुवै बालिकाको शव नदीबाट झिकेर परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु