२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसोलेसनमा बस्नेहरुको गुनासो, “मैले त कहिले खुर्सानीसँग त कहिले महसँग खाना खाने गरेको छु,”

२०७७, १६ भाद्र मंगलवार ११:५१

भदौ १६, दमौली (रासस) : तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास गुफा नजिकै रहेको दमौली अस्पतालको कोरोना सङ्क्रमितले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बसेका सङ्क्रमितले खानासँग तरकारी निकै कम दिने गरेकाले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन् । 

व्यास नगरपालिका–३ का एक सङ्क्रमितले खाना पर्याप्त भएपनि तरकारी कम मात्रामा दिने गरेको बताउनुभयो । “खाना त पुग्दो मात्रामा पाइरहेका छौँ तर दाल तरकारी एकदमै कम मात्रै दिन्छन्, खाना राम्ररी खान पनि पुग्दैन,” उहाँले भन्नुभयो, “कहिलेकाँही त निस्तै पनि खाना खानुपर्ने बाध्यता हुन्छ ।”

उहाँका अनुसार तरकारी नपुगेर कतिपयले खाना नै छाडेका छन् । “मैले त कहिले खुर्सानीसँग त कहिले महसँग खाना खाने गरेको छु,” उहाँले भन्नुभयो, “यस विषयमा वडाध्यक्षलाई पनि पटकपटक भनेपनि कुनै सुनुवाइ भएन ।” उहाँका अनुसार कहिलेकाँही निस्तो खाना नरुचेपछि बिस्कुट र स्याउ खाएर भोक मेटाउने गरिएको छ । “निस्तो खाना रुच्दैन, खाना नै फाल्नुपर्ने अवस्था पनि आएको छ, भोक लाग्छ अनि बिस्कुटलगायत खानेकुरा खाएर भएपनि भोक मेट्छौ,” उहाँले गुनासो गर्नुभयो ।

आइसोलेसनमा बस्नेलाई बिहान चिया, बिस्कुट, चना अण्डा दिने गरिएको छ । त्यस्तै बिहान ११ बजेभित्र खाना, दिउँसो खाजा र बेलुका पुनः खानाको व्यवस्था गरिएको छ । त्यस्तै कुनै बेला मासु पनि दिने गरेको आइसोलेसनमा बस्नेले बताउनुभयो । सो आइसोलेसनमा अहिले १५ जना सङ्क्रमित छन् ।

तीमध्ये कतिपयलाई खोकी लागिरहेको छ । तरपनि अहिलेसम्म डाक्टर नआएको गुनासो छ । “म भदौ ११ गतेदेखि आइसोलेसनमा छु, डाक्टरको मुख पनि देख्न पाएका छैनौँ,” उहाँले भन्नुभयो, “एक जना महिला स्वास्थ्यकर्मी र सरसफाइ गर्ने मानिस मात्रै छन् ।” उहाँका अनुसार आइसोलेसनमा शौचालयको व्यवस्था भने राम्रो रहेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले धेरै जना हुँदा अलि अलि तरकारी कम हुनु स्वभाविक रहेपनि यसलाई सुधार गरिने जानकारी दिनुभयो । दमौलीस्थित एक होटलबाट आइसोलेसनमा रहेकालाई खानाको व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन