२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसोलेसनमा बस्नेहरुको गुनासो, “मैले त कहिले खुर्सानीसँग त कहिले महसँग खाना खाने गरेको छु,”

१६ भाद्र २०७७, मंगलवार ११:५१

भदौ १६, दमौली (रासस) : तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास गुफा नजिकै रहेको दमौली अस्पतालको कोरोना सङ्क्रमितले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । कोरोना सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बसेका सङ्क्रमितले खानासँग तरकारी निकै कम दिने गरेकाले निस्तै खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन् । 

व्यास नगरपालिका–३ का एक सङ्क्रमितले खाना पर्याप्त भएपनि तरकारी कम मात्रामा दिने गरेको बताउनुभयो । “खाना त पुग्दो मात्रामा पाइरहेका छौँ तर दाल तरकारी एकदमै कम मात्रै दिन्छन्, खाना राम्ररी खान पनि पुग्दैन,” उहाँले भन्नुभयो, “कहिलेकाँही त निस्तै पनि खाना खानुपर्ने बाध्यता हुन्छ ।”

उहाँका अनुसार तरकारी नपुगेर कतिपयले खाना नै छाडेका छन् । “मैले त कहिले खुर्सानीसँग त कहिले महसँग खाना खाने गरेको छु,” उहाँले भन्नुभयो, “यस विषयमा वडाध्यक्षलाई पनि पटकपटक भनेपनि कुनै सुनुवाइ भएन ।” उहाँका अनुसार कहिलेकाँही निस्तो खाना नरुचेपछि बिस्कुट र स्याउ खाएर भोक मेटाउने गरिएको छ । “निस्तो खाना रुच्दैन, खाना नै फाल्नुपर्ने अवस्था पनि आएको छ, भोक लाग्छ अनि बिस्कुटलगायत खानेकुरा खाएर भएपनि भोक मेट्छौ,” उहाँले गुनासो गर्नुभयो ।

आइसोलेसनमा बस्नेलाई बिहान चिया, बिस्कुट, चना अण्डा दिने गरिएको छ । त्यस्तै बिहान ११ बजेभित्र खाना, दिउँसो खाजा र बेलुका पुनः खानाको व्यवस्था गरिएको छ । त्यस्तै कुनै बेला मासु पनि दिने गरेको आइसोलेसनमा बस्नेले बताउनुभयो । सो आइसोलेसनमा अहिले १५ जना सङ्क्रमित छन् ।

तीमध्ये कतिपयलाई खोकी लागिरहेको छ । तरपनि अहिलेसम्म डाक्टर नआएको गुनासो छ । “म भदौ ११ गतेदेखि आइसोलेसनमा छु, डाक्टरको मुख पनि देख्न पाएका छैनौँ,” उहाँले भन्नुभयो, “एक जना महिला स्वास्थ्यकर्मी र सरसफाइ गर्ने मानिस मात्रै छन् ।” उहाँका अनुसार आइसोलेसनमा शौचालयको व्यवस्था भने राम्रो रहेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले धेरै जना हुँदा अलि अलि तरकारी कम हुनु स्वभाविक रहेपनि यसलाई सुधार गरिने जानकारी दिनुभयो । दमौलीस्थित एक होटलबाट आइसोलेसनमा रहेकालाई खानाको व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य