२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गस्तीका रहेको सशस्त्र प्रहरीका जवानमाथि तस्करद्वारा ढुङ्गा प्रहार

२०७७, १८ भाद्र बिहीबार ०३:०८

भदौ १८कञ्चनपुर (रासस) : गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीमा नेपाल–भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरुले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डामा खटी गएको १४ जनको टोलीमाथि भारतबाट अवैधरुपमा समान नेपाल भित्राउँदै गरको अवस्थामा तस्करले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका हुन् ।

भारतबाट ल्याउँदै गरेको माछाको भुरा नियन्त्रणमा लिने क्रममा तस्करले ढुङ्गा मुढा प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले बताउनुभयो । स्थानीय बासीन्दाको सहयोग पछि तस्करहरु भागेका हुन् । तस्करहरुबाट रु १६ हजार मूल्य बराबरको माछाका भुरा बरामद गरिएको छ ।

सोमबार समेत बेलडाँडी गाँउपालिका ३ कालोपुल नजिक पर्ने नेपाल–भारत सीमा स्तम्भ नम्बर ७८४/५ र ७८४/६ को बीचमा सशस्त्र प्रहरी बल, बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमान्डमा गस्तीमा रहेको टोलीमाथि १०/१५ जना भारतीय तस्करले नेपालतर्फ सामान भित्राउन खोज्दा नियन्त्रणमा लिने क्रममासमेत सशस्त्र प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए ।

सशस्त्र प्रहरी उपरीक्षक ऐरले भन्नुभयो, “रु १५ हजार ६०० मूल्य बराबरको समान भारतीय तस्करले छाडेर गएका छन् ।”उहाँका अनुसार सामान नियन्त्रणमा लिइए पनि भारतीय तस्करहरु भने भाग्न सफल भएका छन् । यस बारेमा भारतीय सीमा शुरक्षा बल विओपी टाटरगञ्जलाई समेत जानकारी गराईएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन