२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक बालिकासहित दुई नेपाली महिलाको भारतबाट उद्दार

२०७७, १९ भाद्र शुक्रबार ०८:२४

भदौ १८, परासी (रासस) एक बालिकासहित दुई नेपाली महिलालाई भारतबाट उद्दार गरी नेपाल ल्याइएको छ । 

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित आफन्त नेपाल महेशपुर शाखाको पहलमा नेपाल प्रहरी, भारतीय प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट एक बालिकासहित दुई नेपाली महिलालाई उद्दार गरिएको हो । 

उद्दार गरिएकामध्ये चितवनका चार वर्षीया बालिका, १७ र २२ वर्षीया महिला रहेका छन् । उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले जानकारी दिनुभयो । 

जागिर र बिवाहको प्रलोभनमा परेर उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महीनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचविखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्दार गरिएका महिलाले बताएका छन् । उनीहरु दश महीनाअघि त्यहाँ पुगेका थिए । 

उद्दार गरिएकामध्ये २२ वर्षीय महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट एक व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए । उनकी बहिनी अहिले बेपत्ता छन् । १७ वर्षीय युवतीलाई पनि अर्को एक व्यक्तिले जागिर लगाइदिने प्रलोभन देखाएर बोलाएको तर एक महीनापछि भारतको बिहारका तीन जनालाई रु एक लाखमा बिक्री गर्न लागेपछि आफूहरुले प्रतिकार गरेको भनी उनीहरुले बयान दिएको आफन्त नेपाल महेशपुरकी प्रमुख आचार्यले बताउनुभयो । चार वर्षीया बालिका भने २२ वर्षीया ती महिलाकी छोरी हुन् ।

विदेशमा रहेका आफ्ना दाजुलाई फोनमार्फत जानकारी गराएपछि युवतीका आफन्तले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएका थिए ।

त्यसपछि खोजी कार्य शुरु भएको थियो । आफन्त नेपाल महेशपुरले जिल्ला प्रहरी कार्यालय परासी, सीमा प्रहरी चौकी महेशपुर, पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि, भारतीय प्रहरी र भारतकै सोही क्षेत्रमा सक्रिय संस्थाहरुको  सहयोगमा उनीहरुलाई उद्दार गर्न सफल भएको हो ।  

उनीहरुलाई बेचविखन गर्न खोज्ने तीन जना भारतीयलाई भारतमै मानव बेचविखनविरुद्ध मुद्दा चलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन