२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

२०७७, २० भाद्र शनिबार ०६:२०

भदौ २०, लहान (रासस) ।  सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्ँिकदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएकामा उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।   दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएको र उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । 

बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ  

एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सन्तकुमार जैसवालले जानकारी दिनुभयो । गत भदौ १३ गते २१ वर्षीया युवतीलाई मुखियालगायत पाँचजना युवकले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न दुई पक्राउ गरेको र फरार तीन जनाको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक जैसवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन