२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको राष्ट्रिय आकाङ्क्षालाई कर्मचारी पूरा गर्नुपर्ने : मन्त्री त्रिपाठी

२०७७, २२ भाद्र सोमबार ०९:०२

भदौ २२, काठमाडौँ (रासस) । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सरकारको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई मूर्तरुप प्रदान गर्न कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभएको छ । आज १७औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सरकारले तय गरेका ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई पूर्णरुप प्रदान गरी राष्ट्रको समृद्धि र सुशासन कायम राख्न निजामती कर्मचारी सक्षम, प्रविधिमैत्री, अनुशासित, मर्यादित र कामप्रति प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । 

उहाँले देशको समग्र विकास र नागरिकको सेवामा समर्पित कर्मचारी स्थायी सरकारका रुपमा काम गर्दै सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक तुल्याउनुपर्ने बताउनुभयो । मन्त्री त्रिपाठीले यस वर्ष कोभिड–१९ का कारणले सरकारले लक्ष्य गरेबमोजिमको उद्देश्य हासिल गर्न नसके पनि यस रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको अग्रपङ्क्तिमा रहेर निजामती कर्मचारीले अतुलनीय योगदान गरेको स्मरण गर्नुभयो । 

उहाँले राजनीति र प्रशासनबीच पछिल्लो समयमा विभिन्न मतभेद रहेपनि राजनीति र प्रशासनको स्पष्ट सीमारेखा तय गरी राज्यको समग्र विकासमा दुवै पक्ष अगाडि बढेमा राष्ट्रको बृहत्तर हित हुने बताउनुभयो । राजनीतिक नेतृत्वले लिएको लक्ष्य एवं उद्देश्य प्राप्तिमा राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारीमा सदैव अग्रसर हुन सकेमा स्थायी सरकारका रुपमा रहेको सार्वजनिक प्रशासनको श्रीवृद्धि गर्न दिवसले सबैलाई उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले निजामती सेवालाई थप व्यावसायिक, स्वच्छ, सक्षम, पारदर्शी, निष्पक्ष, भ्रष्टाचाररहित, जनमुखी र परिमाणमुखी बनाउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । शुभकामना सन्देशमा मन्त्री त्रिपाठीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीमा उच्च मनोबल कायम राख्न विद्यमान सेवा, शर्त, वृत्ति विकास र अवसरमा विभेद नहुने गरी संसद्मा विचाराधीन रहेको सङ्घीय निजामती सेवा ऐन जारी गर्ने र त्यसकै मार्गदर्शनमा रहेर प्रदेश निजामती एवं स्थानीय सेवा ऐन जारी गर्नेसमेत बताउनुभयो । 

यस वर्षको ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ दिवस आज मनाइँदैछ । सरकारले निजामती सेवा ऐन २०१३ भदौ २२ गते जारी भएको दिनको सम्झानामा दिवस २०६१ सालदेखि मनाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता