साउन १४, प्यूठान । वर्षासँगैको पहिरोका कारण ग्रमीण सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, प्यूठान । वर्षासँगैको पहिरोका कारण ग्रमीण सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

पहिरो प्रभावित क्षेत्र प्युठानमा राहत सामग्री पुर्याउन कठिनाइ

१४ श्रावण २०७३, शुक्रबार ०४:०९

साउन १४, प्यूठान । वर्षासँगैको पहिरोका कारण ग्रमीण सडक अवरुद्ध हुँदा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउन नेपाली सेनाको सहयोग लिएपनि झन्डै पाँच घन्टा पैदल हिँड्नु पर्ने भएपछि समयमै राहत पु¥याउन कठिनाइ भएको हो । 

राहत सामग्री ढुवानी गर्न फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरेपनि केन्द्रबाट हेलिकोप्टर नपठाउँदा राहत सामग्री पु¥याउन समस्या भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए । 

प्यूठानमा बाढीपहिरोका कारण ३८ जनाको मृत्यु तथा झण्डै ३०० घर परिवार विस्थापित भएका छन् । पहिरोमा परी मृत्यु भएकाको आफन्त र विस्थापित भएका व्यक्तिलाई खानेपानी, स्वास्थ्य सेवा तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयबासिन्दा तथा उद्धार तथा राहत वितरणमा खटिनुभएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले बताए । 

प्रजिअ जनकराज पन्तले पीडित परिवारकालागि तत्कालीन रुपमा रु आठ/आठ हजार राहत वितरण गरिएको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार