साउन १४, चितवन । चितवनको दक्षिण माडीमा बाढीले करिब ४५ घर डुबानमा पारेको छ । 

रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले यसरी बस्ती डुबानमा पारेको हो । माडीको खोलाले अहिले खतराको तह समेत नाघेकाले बस्ती डुबान भएको जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, चितवन । चितवनको दक्षिण माडीमा बाढीले करिब ४५ घर डुबानमा पारेको छ । 

रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले यसरी बस्ती डुबानमा पारेको हो । माडीको खोलाले अहिले खतराको तह समेत नाघेकाले बस्ती डुबान भएको जिल्ला "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातिदेखि परेको भारी वर्षाका कारण चितवनमा ४५ घर डुबानमा

१४ श्रावण २०७३, शुक्रबार ०८:११

साउन १४, चितवन । चितवनको दक्षिण माडीमा बाढीले करिब ४५ घर डुबानमा पारेको छ । 

रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले यसरी बस्ती डुबानमा पारेको हो । माडीको खोलाले अहिले खतराको तह समेत नाघेकाले बस्ती डुबान भएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए । 

पानीको सतह ३.४ मिटर भए चेतावनीको तह मानिन्छ । ३.८ मिटर बाढीको तह पुगेमा खतराको सङ्केतमा साइरन बज्छ तर अहिले बाढी खतराको तह नाघेर ३.९ पुगेको र बढ्दो क्रममा रहेको लुइँटेलले जानकारी दिए । उनका अनुसार अहिले बाढीले यहाँको रतनीमा ६ घर, धोबाहमा २० घर र सिमरामा २० घर डुबानमा पारेको हो । 

केही घर बगाएको भन्ने जानकारी आएकाले सो क्षेत्रमा अहिले स्थानीय विपद् व्यवस्थापनको टोली खटाएको लुइँटेलले जानकारी दिए । बाढीले जिल्लामै सबैभन्दा बढी प्रभावित पार्ने स्थानको रुपमा माडीलाई लिइन्छ । यहाँका घागर, मगुइ, बाँदरमुढे, चिताइ, रतनीलगायत खहरे खोलाले जनजीवन प्रभावित पारेको छ । 

रतनी र बाँदरमुढे खोलाले माडीको ब्रम्ह्पुरी क्षेत्रका बस्तीमा समेत असर गरेको स्थानीयवासी श्रीप्रसाद दवाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार