४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महासङ्घको नयाँ कार्यसमितिका दुई वर्ष उपलब्धिमूलक

१९ आश्विन २०७७, सोमबार ०६:५३

मीना घोरसाइने । असोज १९, काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले दुई वर्षअघि नयाँ कार्यसमिति पाएको थियो । अध्यक्ष भारती पाठकको कार्यसमिति बनेसँगै वन ऐन २०७६ मा समुदायको अधिकार स्थापित र उत्पादनमा सामुदायिक वनको क्षति परिचालनमा जोड दिइएको थियो । त्यस्तै महासङ्घले समुदाय मैत्री वन नीति तयार पारेको थियो । 

अन्य उपलब्धिमा सामुदायिक वनमा सङ्घीय सरकारले साल र खयरमा विगत २० वर्षदेखि लगाउँदै आएको १५ वटा शिर्षकमाथिको कर खारेज गरिएको थियो । जसबाट प्रदेश नं १ मा साल खयरबाहेक सामुदायिक वनको आम्दानीमा अन्य प्रजातिमा लगाइएको कर खारेज भएको थियो । 

नयाँ कार्यसमिति गठन भएसँगै सामुदायिक वनमा इआइए र आइईको व्यवस्था हटाएर सामुदायिक वनलाई काम गर्ने सहज वातावरण निर्माण भएको थियो । त्यस्तै वैज्ञानिक वन व्यवस्थापनले समुदायको अधिकार कटौतीमा पारेको प्रत्यक्ष प्रभाव अध्ययन गरी दिगो वन व्यवस्थापनका लागि छानबिन समितिको सिफारिस भएको थियो । 

त्यसैगरी सामुदायिक वन उपभोक्ता समूहलाई तीनै तहका सरकारमार्फत हरित उद्यमका लागि बजेट विनियोजन गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको २४ वर्ष पूरा गरी २५ वर्ष प्रवेशका सन्दर्भमा आगामी २५ वर्षे रोडम्याप तयार पारेका छौँ ।” दिगो विकास लक्ष्यको स्थानीयकरण र सामुदायिक वनलाई उद्यमशीलतामा लैजान नीति कार्यक्रम र योजना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार कोभिड–१९ महामारीको विषम परिस्थितिमा पनि देशभरिका सामुदायिक वन उपभोक्ता समूहलाई समन्वय गरी जनचेतना वृद्धि, क्वारेन्टिनका लागि एक हजार ४०० सा.व. भवनको तयारी र समूह वा सामुदायिक वनका सदस्यमार्फत  सेफ्टी सामग्री, खाद्यान्न र रकम समूह आफैँ तथा स्थानीय सरकारमार्फत सहयोग वितरण गरिएको छ । 

यससँगै सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन लागू गर्ने भनी उपभोक्ता समूहको स्वायत्तता समाप्त हुनेगरी वन कार्यालय, काठ व्यवसायी र अन्य बाह्य विचौलिया पक्षको निरन्तर हस्तक्षेप भएको थियो । 

त्यसैगरी सामुदायिक वनको अधिकार कटौती हुनेगरी निरन्तर रुपमा विभिन्न किसिमका संरक्षित क्षेत्र (निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, वातावरण संरक्षण क्षेत्र, वन संरक्षण क्षेत्र) को घोषणा भइरहेको छ । वन उद्यम तथा पर्यापर्यटन लगायतका काम गर्नमा सरकारी निकायबाट सहजीकरणको कमीका कारण विभिन्न अवरोध सृजना भइरहनु महासङ्घको चुनौती रहेको अध्यक्ष पाठक थप्नुहुन्छ । 

त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको क्षमता विकास र सुशासन प्रवद्र्धनका लागि सहयोगको अभाव, सामुदायिक वन माथि तेहोरो कर, तीन तहका सरकारबीच समन्वय अभाव, राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा समुदायको अधिकारविहीन र मानव अधिकारको हनन भइरहेको महासङ्घका महासचिव बिर्ख शाहीको जिकिर छ । 

सामुदायिक वनले पुर्याएको योगदानको सरकारसँग अभिलेखीकरण नहुनु बिडम्बना भएको उहाँले बताउनुभयो । उहाँका अनुसार समूहमा अधिकारको म्यापिङ सूचीकृत, दस्तावेज नहुनु, वन क्षेत्रको सीमाङ्कन प्राप्त नहुनु, सामुदायिक वन उपभोक्ता समूहको डाटाबेस सिस्टम नभएकाले अनुगमन मूल्याङ्कन स्वमूल्याङ्कनमा कठिनाइ र सामुदायिक वनको आन्तरिक वन पैदावार परिचालनमा रोक लगाइनु आदिले महासङ्घमा अवरोध सिर्जना भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ