2026-09-08 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडाध्यक्षले छिमेकी कुटे, न्युरो अस्पतालमा उपचार हुँदै

लिलानाथ घिमिरे | असोज २५, सिन्धुली | सिन्धुलीको गोलंजोर गाउँपालिकाको २ नम्बर वडाका वडाध्यक्ष दौलत कार्कीले स्थानीय ध्रुव कार्कीलाई शनिबार राति मरणासन्न हुने गरी कुटपिट गरेका छन् । अध्यक्ष कुटपिटले सशिरभरि निलडाम छ ।

चिकित्सकहरुले उनको टाउकोमा असर परेको हुनसक्ने बताएका छन् । पीडित ध्रुवको राजधानीको माइतीघरस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको उनका भतिजा हरिकिशोर कार्कीले जानकारी दिएका छन् । गोलंजोर गाउँ पालिकाका प्रबक्तासमेत रहेका वडाध्यक्ष दौलतले सार्बजनिक जग्गा अतिक्रमण गर्ने, आफ्ना विरोधीहरुलाई शारीरिक आक्रमण गर्ने, धम्क्याउने गर्दै आएका छन् । ‘जनप्रतिनिधि स्वयं वडाभर आतंक मच्चाउँदै हिँडेका छन्,’ एक स्थानीय बासिन्दाले भने, ‘न्याय दिनु पर्ने ब्यक्ति आफैं जनतालाई सताउँदै हिँड्छ भने न्याय माग्न कहाँ जाने ?’

कुटपिटबाट सख्त घाइते ध्रुव कार्कीलाई स्थानीय ग्वाल्टार स्वास्थ्य चौकीमा सुरुमा भर्ना गरिएको थियो । कुटाइबाट टाउकोमा चोट लागेकाले उनले बान्ता गरेका थिए । त्यसपछि त्यहाँ उपचार हुन नसक्ने भन्दै चौकीले काठमाडौं लैजान सल्लाह दिएको थियो । ‘म टिभी हेरेर बसिरहेको थिएँ,’ पीडित ध्रुब कार्कीले भने, ‘तं मेरो बद्नाम गर्ने भन्दै एक्कासी लात्तीमुक्का र लौरोले आक्रमण गरे । मैले प्रतिबाद गर्नै सकिन । म बेहोस भएर लडेपछि मर्यो भनेर छाडेर हिँडेछन् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित