१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस पैसा, सिसा र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने

२६ आश्विन २०७७, सोमबार १२:३१

असोज २६, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) पैसा, सिसा र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाली शोधकर्ताले सोमबार बताएअनुसार कोरोना भाइरस फ्लु भाइरसको तुलनामा निकै लामो समयसम्म बाँच्न सक्ने देखिएको हो । त्यसैले कोरोनाबाट बच्न बारम्बार हात धुने र सरसफाइमा ध्यान दिनुपर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका शोधकर्ताहरुले यो अध्ययन गरेका हुन् । यद्यपि यो अध्ययन अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । यद्यपि पछिल्लो एक अध्ययनले भने सूर्यको प्रत्यक्ष किरणले पनि कोरोना भाइरस मर्न सक्ने देखाएको छ ।

यो अध्ययनअनुसार २० डिग्री सेल्सियरको स्थिर तापक्रममा बैंक नोट वा मोबाइलको स्क्रिनमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहन सक्ने पाइएको हो । इन्फ्लुएन्जाको भाइरस बढीमा १७ दिनसम्म सतहमा जीवित रहन सक्छ ।

यसअघि प्रयोगशालामा गरिएको अध्ययनमा भने बैंकनोट र सिसामा कोरोना भाइरस दुई वा तीनदिनसम्म मात्र जीवित रहन सक्ने पाइएको थियो । प्लास्टिक र स्टिलमा भने यो भाइरस ६ दिनसम्म जीवित रहन सक्ने पाइएको थियो ।

अहिले गरिएको अध्ययनमा कम तापक्रममा लामो समयसम्म यो भाइरस जीवित रहन सक्ने पाइएको छ । २०, ३० र ४० डिग्री सेल्सियस तापक्रममा गरिएको अध्ययनमा ४० डिग्री सेल्सियस तापक्रममा कोरोना भाइरस छिटो मरेका थिए । जसको कारण गर्मी मौसमको तुलनामा जाडोमा कोरोना संक्रमण फैलिने जोखिम बढी रहेको अनुसन्धानकर्ताहरुको भनाइ छ । स्रोत : रोयटर्स

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती