४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड –१९ ले सञ्चार क्षेत्रमा परेको प्रभावबारे सुझाव दिन अनुरोध

२७ आश्विन २०७७, मंगलवार १०:५६

असोज २७, काठमाडौं । कोभिड –१९ ले सञ्चार क्षेत्रमा परेको समग्र प्रभाव अध्ययनका लागि गठित उच्चस्तरीय अध्ययन समितिको सचिवालयले आफ्ना राय, परामर्श, सुझाव एवं प्रतिक्रिया यही असोज मसान्तभित्र पठाई सहयोग गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

गत साउन २६ गतेको  निर्णयानुसार आमसञ्चारमाध्यमहरुको विद्यमान अवस्था,  प्रभाव विश्लेषण, सम्भावित परिणाम, श्रमजीवी पत्रकार कर्मचारी व्यवस्थापनमा परेको प्रभाव, क्षति न्यूनीकरणमा गरिएको प्रयास, सरकारका तर्फबाट निर्वाह गरिनुपर्ने भूमिका एवं कोभिड –१९ ले सिर्जना गरेको थप सम्भावित चुनौतीका सम्बन्धमा  अध्ययन गरी प्रतिवेदन पेश गर्न श्रमजीवी पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालका संयोजकत्वमा सो समिति गठन गरिएको थियो ।  

राज्यनियन्त्रित सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका हकमा यही असोज २५ गते पत्र पठाई  असोज मसान्तसम्म रायपरामर्श दिन भनिएको छ । समितिको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस तथा सूचना समन्वय शाखा तोकिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ