३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मङ्सिरदेखि सवारी चालक अनुमतिपत्र वितरण गरिने

२७ आश्विन २०७७, मंगलवार १५:१६

असोज २७, मकवानपुर (रासस) । वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) विवरण गर्ने तयारी भइरहेको जनाइएको छ ।

कार्यालयका अनुसार अब वागमती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण हुने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले जानकारी दिनुभयो । 

प्रदेश यातायात सेवा कार्यालयले साउनको पहिलो हप्तादेखि असोज २२ गते अपराह्नसम्ममा विभिन्न जिल्लाको गरी सवारी चालकको पुरानो र नयाँ गरी १२ हजार ५४५ वटा अनुमति पत्र (स्मार्टकार्ड) सेवाग्राहीलाई वितरण गरिएको सो कार्यालयका प्रमुख भक्तबहादुर थापाले जानकारी दिनुभयो ।

सङ्घीय सरकारद्वारा कोभिड–१९ को सङ्क्रमणको अवस्थामा बन्दाबन्दी र निषेधाज्ञाको कारणबाट यातायात सवारी साधनको दर्ता, नवीकरण, जाँचपास गर्ने क्रम अवरुद्ध हुँदा जरिवाना लाग्ने जरिवाना बागमती प्रदेश सरकारले अगामी कात्तिक मसान्तसम्म म्याद थप गरी छुट गर्ने निर्णय गरेको प्रदेश यातायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर थापाले बताउनुभयो ।

प्रदेशको उपत्याकाबाहेक १० जिल्लाका यातायात व्यवसायीहरुको साथै निजी सवारीसाधन प्रयोगकर्ताहरुलाई दैनिक सेवा प्रवाह गर्न आवश्यक कर्मचारी जनशक्तिको अभाव रहेकाले तुरुन्तै सेवा दिन समस्या भएको उहाँको भनाइ थियो । 

कार्यालयको पूर्ण क्षमताअनुसार कामकाज गर्न थप ४२ जना कर्मचारीको दरबन्दी उपलब्ध गराउन वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा माग गरिएको र आवश्यक प्रक्रिया शुरु भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । गत भदौ १५ गतेसम्ममा कूल १० हजार २९४ वटा स्मार्ट कार्ड छपाइ गरी ल्याइसकेको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प