१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिपी प्रतिष्ठानमा ६० हजार धरौटी राखि दैनिक १५ हजार तिरे मात्र सङ्क्रमितको उपचार हुने

७ कार्तिक २०७७, शुक्रबार ०१:५५

कात्तिक ७, काठमाडौँ | सरकारले कोरोना संक्रमित आफैले आफ्नो उपचारको खर्च व्यहोर्नुपर्ने नीति लिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जटिल कोरोना सङ्क्रमितका लागि ६० हजार रुपयाँ धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । 

प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै कात्तिक ९ गतेदेखि लागु हुने गरी कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरि धरौटी राखेपछि मात्र उपचार गर्ने जनाएको छ । अस्पतालले सरकारको निर्देशन अनुसार बिज्ञप्ति जारी गरेको जानकारी दिएको छ । अस्पतालको अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले रु सात हजार धरौटी राख्नुपर्ने  र प्रतिदिन रु दुई  हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाहरु रु १२ हजार धरौटी राख्नुपर्नेछ र प्रतिदिन तीन हजार ५०० शुल्क तिर्नुपर्ने छ । त्यस्तै मध्यम लक्षण भएका बिरामीले रु ३५ हजार धरौटी र  प्रतिदिन शुल्क सात हजार ५०० तिर्नुपर्नेछ । यस्तै गम्भीर लक्षण भएका बिरामीले रु ६० हजार धरौटी राखी दैनिक रु १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारको नीति अनुरुप आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि रु दुई हजार २०० शुल्क तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो काठमाडौँ महानगरपालिकाले ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गर्यो परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने : धवलशमशेर राणा ठूला पूर्वाधारमा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेस देशभरको मौसम सफा रहने पूर्वानुमान अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु एमाले वीरगञ्ज महानगर अध्यक्षमा शर्मा प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो ट्याक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति भारतीय विद्युत्मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा