कार्तिक १९,काठमाडौँ | भारतीय सेनाध्यक्षको भ्रमणबारे कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ | नरवणेले नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका थिए |
उनी बुधबार मध्यान्ह नेपाल आउँदैछन् | उनले आफ्नो युट्युब च्यानलमा नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएका थिए | उनले भारतीय सेनाध्यक्षलाई कालो झण्डाले स्वागत गर्ने बताएका छन् |
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई बौद्धबाट पक्राउ गरिएको छ |