कात्तिक २४, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |
योसँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ | उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको छ | १ लाख ५९ हजार ७२४ जना संक्रमणमु क्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएका हुन् ।
हाल देशभर ३६ हजार १७४ संक्रिय संक्रमित छन् ।