साउन १६, पर्वत । सूचना प्रविधिलाई अपहेलना गरेर गुुगल वाइ फाउण्डेशनलाई करोडौ रकम विनियोजन गर्ने ओली सरकारलाई महाविर पुनले चुनौति दिदै आफ्नो नीजि सम्पत्ति राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाकोलागि दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत उनले आफ्नो व्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, पर्वत । सूचना प्रविधिलाई अपहेलना गरेर गुुगल वाइ फाउण्डेशनलाई करोडौ रकम विनियोजन गर्ने ओली सरकारलाई महाविर पुनले चुनौति दिदै आफ्नो नीजि सम्पत्ति राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाकोलागि दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत उनले आफ्नो व्यक"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारलाई चुनौति : राष्ट्रिय आविष्कार केन्द्रलाई ३ करोडको सम्पत्ति दिने महाविरको घोषणा

१६ श्रावण २०७३, आईतवार ०९:४०

साउन १६, पर्वत । सूचना प्रविधिलाई अपहेलना गरेर गुुगल वाइ फाउण्डेशनलाई करोडौ रकम विनियोजन गर्ने ओली सरकारलाई महाविर पुनले चुनौति दिदै आफ्नो नीजि सम्पत्ति राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाकोलागि दिने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत उनले आफ्नो व्यक्तिगत  ३ करोड भन्दा बढी मुल्यपर्ने सम्पत्ति राष्ट्रिय अनुसन्धान केन्द्र स्थापनाको लागि दिने घोषणा गरेका हुन ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले आविस्कार केन्द्र स्थापनाका लागि चासो नदिएको भन्दै पोखरामा रहेको आफ्नो नामको २८ रोपनी जग्गा आविस्कार केन्द्रको लागि दिने घोषणा हुन् ।

पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा रहेको सो २८ रोपनी जग्गा अहिलेको बजार मूल्य अनुसार तीन करोड पर्ने उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा सरकारप्रति कटाक्ष गर्दै भनेका छन् ‘यो घोषणा नयाँ होइन, यो घोषणा अर्थमन्त्री डा. रामशरण महतज्यू र बिष्णु पौडेलज्यू सहित अर्थ सचिब, सहसचिब अनी दुई प्रधानमन्त्री र उहाँहरुका सल्लाहकारलाई बिगतका दिनहरुमा बारम्बार भनि सकेको कुरा हो । तर, उहाँहरुले जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ भनेको भन्नुभएको थियो ।’

उनले दान दिने केषणा गरेको जग्गा हाल अमेरिकामा बस्ने पर्वतका पदम पुनसँग मिलेर २० वर्षअघि किनेको र केहि महिनाअघि मात्रै आफ्नो स्वामित्वमा आएको बताएका छन् । उनले केन्द्र बनाउन पैसाको चरम अभाव खण्डमा त्यो जग्गा बेच्ने नभए अनुसन्धानको लागी केहि भौतिक संरचना बनाउने बताएका छन् । उनले केन्द्र निर्माणका लागि सबैसँग सहयोगको अपील समेत गरेका छन् । उनी रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका व्यक्ति हुन ।



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार