साउन १६, गोरखा । भूकम्पले भत्काएका जिल्लाभरका सबै कच्ची

(ढुङ्गा, माटोको जोडाइले बनेका) घर पुनर्निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन नेपाली काँग्रेस गोरखाले माग गरेको छ । 

जिल्ला दैवीप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, गोरखा । भूकम्पले भत्काएका जिल्लाभरका सबै कच्ची

(ढुङ्गा, माटोको जोडाइले बनेका) घर पुनर्निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन नेपाली काँग्रेस गोरखाले माग गरेको छ । 

जिल्ला दैवीप्र"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनर्निर्माणमा अनुदान दिन काँग्रेसको माग

१६ श्रावण २०७३, आईतवार १२:२९

साउन १६, गोरखा । भूकम्पले भत्काएका जिल्लाभरका सबै कच्ची

(ढुङ्गा, माटोको जोडाइले बनेका) घर पुनर्निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन नेपाली काँग्रेस गोरखाले माग गरेको छ । 

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई आज ज्ञापनपत्र बुझाउँदै काँग्रेसले ढुङ्गा, माटोले बनेका सबै घर भूकम्पले पूर्ण क्षति पु¥याएको भन्दै पुनर्निर्माणका लागि रु दुई लाख अनुदान दिनुपर्ने माग गरेको हो । 

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले ढुङ्गा, माटोको जोडाइले बनेका घरहरु पूर्णरुपमा क्षति भएको भन्दै राहत तथा अनुदान रकम दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको काँग्रेसले जनाएको छ । काँग्रेस जिल्ला सभापति हरिबहादुर घलेले प्रजिअ भट्टलाई ज्ञापनपत्र बुझाउँदै अनुदान पाउनबाट वञ्चित भएका १५ हजारभन्दा बढी भूकम्पपीडितलाई तुरुन्त अनुदान रकम दिन माग गर्नुभएको हो । 

बैंकमार्फत् अनुदान रकम वितरण गर्ने कार्य दुर्गमका लाभग्राहीका लागि फलदायी नभएको काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले बताउनुभयो । रु ५० हजार अनुदान झिक्न लाभग्राही तीन÷चार दिन हिँडेर बैंक आउनुपरेको भन्दै पाण्डेले गाउँमा शाखारहित बैंकिङले सेवा दिनुपर्नेमा जोड दिनुभएको छ । 

त्यस्तै पहिरोले उत्तरी भेग आवतजावत गर्ने बाटोअवरुद्ध हुँदा १३ गाविसमा दैनिक आवश्यकीय वस्तु ढुवानी गर्न नसकिएको भन्दै काँग्रेसले तत्काल बाटो मर्मत गर्न आग्रह गरेको छ भने पहिरोपीडितलाई राहत उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ । 

गाउँपालिकाको सङ्ख्या बढाउन माग 

काँग्रेसले स्थानीय निकाय पुनःसंरचना गर्दा आठवटा मात्रै स्थानीय एकाइले नधान्ने भन्दै गाउँपालिकाको सङ्ख्या वृद्धि गर्नुपर्नेमा जोड दिएको छ । 

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति गोरखाका संयोजक तथा स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यलाई आज ज्ञापनपत्र बुझाउँदै काँग्रेस सभापति घलेले गोरखा जिल्ला पहाडी र हिमाली क्षेत्र मिलेर बनेको हुनाले उत्तरी भेगलाई हिमाली क्षेत्रको मान्यता दिन आग्रह गर्नुभएको हो । 

उत्तरी गोरखाका सात गाविस हिमालपारि भएता पनि पहाडी क्षेत्रमा समावेश गरिएकाप्रति काँग्रेसले आपत्ति जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार