साउन १६, गोरखा । भूकम्पले भत्काएका जिल्लाभरका सबै कच्ची

(ढुङ्गा, माटोको जोडाइले बनेका) घर पुनर्निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन नेपाली काँग्रेस गोरखाले माग गरेको छ । 

जिल्ला दैवीप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, गोरखा । भूकम्पले भत्काएका जिल्लाभरका सबै कच्ची

(ढुङ्गा, माटोको जोडाइले बनेका) घर पुनर्निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन नेपाली काँग्रेस गोरखाले माग गरेको छ । 

जिल्ला दैवीप्र"/>

2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनर्निर्माणमा अनुदान दिन काँग्रेसको माग

साउन १६, गोरखा । भूकम्पले भत्काएका जिल्लाभरका सबै कच्ची

(ढुङ्गा, माटोको जोडाइले बनेका) घर पुनर्निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन नेपाली काँग्रेस गोरखाले माग गरेको छ । 

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई आज ज्ञापनपत्र बुझाउँदै काँग्रेसले ढुङ्गा, माटोले बनेका सबै घर भूकम्पले पूर्ण क्षति पु¥याएको भन्दै पुनर्निर्माणका लागि रु दुई लाख अनुदान दिनुपर्ने माग गरेको हो । 

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले ढुङ्गा, माटोको जोडाइले बनेका घरहरु पूर्णरुपमा क्षति भएको भन्दै राहत तथा अनुदान रकम दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको काँग्रेसले जनाएको छ । काँग्रेस जिल्ला सभापति हरिबहादुर घलेले प्रजिअ भट्टलाई ज्ञापनपत्र बुझाउँदै अनुदान पाउनबाट वञ्चित भएका १५ हजारभन्दा बढी भूकम्पपीडितलाई तुरुन्त अनुदान रकम दिन माग गर्नुभएको हो । 

बैंकमार्फत् अनुदान रकम वितरण गर्ने कार्य दुर्गमका लाभग्राहीका लागि फलदायी नभएको काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले बताउनुभयो । रु ५० हजार अनुदान झिक्न लाभग्राही तीन÷चार दिन हिँडेर बैंक आउनुपरेको भन्दै पाण्डेले गाउँमा शाखारहित बैंकिङले सेवा दिनुपर्नेमा जोड दिनुभएको छ । 

त्यस्तै पहिरोले उत्तरी भेग आवतजावत गर्ने बाटोअवरुद्ध हुँदा १३ गाविसमा दैनिक आवश्यकीय वस्तु ढुवानी गर्न नसकिएको भन्दै काँग्रेसले तत्काल बाटो मर्मत गर्न आग्रह गरेको छ भने पहिरोपीडितलाई राहत उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ । 

गाउँपालिकाको सङ्ख्या बढाउन माग 

काँग्रेसले स्थानीय निकाय पुनःसंरचना गर्दा आठवटा मात्रै स्थानीय एकाइले नधान्ने भन्दै गाउँपालिकाको सङ्ख्या वृद्धि गर्नुपर्नेमा जोड दिएको छ । 

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति गोरखाका संयोजक तथा स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यलाई आज ज्ञापनपत्र बुझाउँदै काँग्रेस सभापति घलेले गोरखा जिल्ला पहाडी र हिमाली क्षेत्र मिलेर बनेको हुनाले उत्तरी भेगलाई हिमाली क्षेत्रको मान्यता दिन आग्रह गर्नुभएको हो । 

उत्तरी गोरखाका सात गाविस हिमालपारि भएता पनि पहाडी क्षेत्रमा समावेश गरिएकाप्रति काँग्रेसले आपत्ति जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो