कात्तिक २७, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ | देशभरीका प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो |
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ | पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |
मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।