कार्तिक २८, काठमाडौँ | डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ | बिहिबार पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले बताएका छन् |
बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए | उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ |
डा केसीलाई श्वासप्रश्वासमा समेत समस्या भएको उनले बताए |